विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मारिएका अफगान पत्रकारको सम्झना


कान्दाहार: अफगानिस्तानमा बिहीबार विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा मारिएका पत्रकारहरुको सम्झना गरिएको छ । सन् २०११ मा तालिबानहरु शासनबाट हटेपछि सुरु भएको द्वन्द्वको यस समयमा पत्रकारमाथि सोमबार भएको आक्रमण भीषण आक्रमण हो । सोमबार तालिबानले गरेको आक्रमणमा परी ९ जना अफगान पत्रकारको ज्यान गएको थियो । त्यसमा एकजना एएफपी समाचार समितिका फोटो पत्रकार पनि परेका थिए । आक्रमणको दुई दिनपछि आज परेको विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा ती पत्रकारहरुको सम्झना गरिएको बताइएको छ ।
अफगानिस्तानको पत्रकारिता पेशा अत्यन्त चुनौतीपूर्ण भएको दक्षिण एशियाका लागि एम्नेस्टि इन्टरनेसनलका उपनिर्देशक ओमार वारैचले बताउनु भएको छ । गत सोमबार मात्र पनि काबुलमै भएको एक हिंसात्मक हमलामा परी एएफपीका एक फोटो पत्रकार सहित ९ जना पत्रकार मारिएका थिए । उक्त हिंसामा परी ३० जना भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो । अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा पत्रकारमाथि भएको यो भीषण आक्रमण भएको बताइएको छ ।
अफगानिस्तान र विश्वका प्रेस स्वतन्त्रको पक्षमा कामगर्ने पत्रकारहरुका संघ संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गर्दै प्रेसलाई हिंसाको चपेटामा नपार्न आग्रह गरेका थिए । समाचार संकलनकै क्रममा यसरी पत्रकार मारिनु अत्यन्तै दुःखद कुरा भएको विश्व प्रेस स्वतन्त्र दिवस मनाउन सहभागी भएका विश्वका पत्रकारहरुले बताएका छन् । सन् २०१७ मा मात्र विश्वभरमा ५० जना पत्रकार मारिएका आज परेको विश्व प्रेस स्वतन्त्रता दिवसका दिन सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । तर यो तथ्यांक चौध वर्षयताको कम संख्या भएको पनि सो प्रतिवेदनमा जनाइएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?