सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा


काठमाण्डौं : सन्राइज बैंक लिमिटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६, मुनाल चोक, चक्करघातीमा शाखा रहित सेवा सुरु गरेको छ ।
यो बैकको २१ औँ शाखारहित बैंकिङ्ग सेवा हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ताले एक समारोहका बीच गरेका हुन ।
सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट, प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन सुरेन्द्र प्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक नबिन कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
बैंकको झुम्का शाखाका प्रवन्धक नबिन कुमार झाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उदेस्य प्रष्ट पार्दे उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २१ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?