प्रदेशसभा सदस्य लामिछानेको निधन


भक्तपुर: प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो । आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख) नेकपा (एमाले) बाट निर्वाचित हुनुभएका लामिछाने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र तीन छोरी छन् । आज अपराह्न ४ः३० बजे उहाँको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?