यसरी पक्राउ गरियो गोरेलाई


काठमाडौं : ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । चुडामणि उप्रेती काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । गृह मन्त्रालयका सहसचिवको  नेतृत्व समितिले गोरेलाई  मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ । समितिले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?