लनटेनिसको उपाधि समृद्धीलाई


काठमाडौँ: प्रथम जुनियर खुला लनटेनिस प्रतियोगिताअन्तर्गत नौ वर्षमुनिको (यु–९) छात्र एकल विधाको उपाधि समृद्धी महर्जनले हात पारेकी छिन् । आइएमई फाउन्डेसनद्वारा आयोजित उक्त प्रतियोगताको फाइनलमा समृद्धीले सैबी ढकाललाई ५–४, १–४ र १०–८ को सेटमा पराजित गर्दै सो उपाधि हात पारेकी हुन् । दश वर्षमुनि ( यु–१०) को छात्र एकल विधामा सक्षम विक्रम शाहले ऋध्भिक कार्कीलाई ६–० र ६–३ तथा आयुष्मान हजुर घलेले राजवीर प्रधानलाई २–६, ६–२ र १०–८ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।
सोही प्रतिस्पर्धाको छात्रामा प्रशंसा मोक्तानले आध्या पौडेललाई ६–० र ६–३ तथा सुनिरा थापाले जेनी खड्कालाई ६–३ र ६–३ को सिधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे । चौध वर्षमुनि (यु–१४) छात्र एकलमा आर्यन गिरीले प्रथम पौडेललाई ६–० र ६–१, कुवेहाङ राईले श्रीयास पौडेललाई ६–० र ६–१, प्रितम परियारले आयुशमान नेपाललाई ६–० र ६–२ तथा चिराग तिमल्सिनाले विवेक जोशीलाई ६–०, ५–७ र ६–२ को सेटमा पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए । सोही प्रतिस्पर्धाको छात्रामा सलोनी तामाङले सर्भानी श्रेष्ठलाई ६–२ र ६–१ तथा रायना शाहले इशाश्री शाहलाई ३–६, ६–३ र ६–४ ले पाखा लगाउँदै अन्तिम खेलका लागि आफ्नो स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?