दुई दिने भारतीय शैक्षिक मेला


काठमाडौ : राजधानीमा दुईदिने भारतीय शैक्षिक मेलाको आयोजना गरीने भएको छ । नेपाल इन्डीया काउन्सील फर एजुकेसन (नाईस)को आयोजनामा हुने शैक्षिक मेलामा भारतमा रहेका विभिन्न लोकप्रिय युनिभरसिटी तथा कलेजको कार्यक्रम र भर्ना प्रक्रियाका बारेमा जानकारी दिईनेछ ।
जेठ १३ र १४ गरी दुई दिन सम्म चल्ने मेला विहान १० बजे सुरु भएर बेलुकी ६ बजेसम्म जारी रहने आयोजक संस्थाले जानकारी दिएको छ । उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगाएतबाट मान्यताप्राप्त उत्कृष्ट युनिभरसिटी तथा कलेजको बारेमा नेपाली विद्यार्थीलाई जानकारी दिईने पनि बिज्ञप्तिमा उल्लेख छ ।
मेलामा ईन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुवेर्दिक संकायका बारेमा जानकारी दिईनेछ । १० वर्ष भन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागी फलदायी रहेन आशा गरिएको छ ।
विद्यार्थीलाई युनिभर्सिटीको बारेमा मात्र नभएर अबको विश्व बजारमा कुन विषय लिएर पढ्दा आफ्नो भविष्य राम्रो बन्छ भन्ने विषयमा पनि जानकारी दिईने आयोजकले बताए । मेला युनिभर्सिटी र कलेज छान्ने मात्र नभई भविष्य खोज्ने अवसर पनि विद्यार्थीले पाउँनेछन् । मेलामा युनिभर्सिटी तथा कलेजका आधिकारीक व्यक्तिबाट प्रत्यक्ष जानकारी दिईने आयोजकले जनाएको छ ।
नेपाल ईन्डीया काउन्सील फर एजुकेसन (नाईस) नेपाल र भारतको शिक्षलाई उच्च व्यवसायिकताका साथ प्रवर्दन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । मेलामा सहभागी विद्यार्थीलाई छात्रबृत्ति व्यवस्था गरीनुको साथै भारतमा अध्ययनको लागी जाँदा भुटान एयरलाईन्सले न्युनतम भाडादरमा टिकट उपलब्ध गराउने बताईएको छ । सारदा युनिभर्सिटी मुख्य प्रायोजक रहेको उक्त मेलाको बेङलोर टेक्नोलोजिकल ईन्स्टीच्युडले सह–प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?