नुवाकोटका बट्टार दुप्चेश्वरमा एभरेष्ट बैकको शाखा


काठमाडौ : एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा विस्तार गरेको छ । बट्टार शाखाको उदघाटन बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन ।
उक्त कार्यक्रममा बिदुर नगर पालिकाका उपमेयर गिता कुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक नर हरि रेग्मी, नेपाली सेनाका मेजर प्रेम नारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरि, दुप्चेश्वर शाखाको उदघाट दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत सेठले संयुक्त रुपमा गरेको बैकले जनाएको छ । बैंकको सन्तुष्ट ग्राहकको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च भएको दावी पनि बैकले गरेको छ ।
बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?