प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट


काठमाडौँ: प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ४ नं. प्रदेशले २९ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश नं. ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए । ७७ रनको विजयी लक्ष्य पच्छाएको आर्मीले १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । आर्मीको जितमा अनिल मण्डलले २८, सागर पुनले २६ तथा नरेश बुढाऐरले १० रनको योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।
त्यसैगरी आजै कीर्तिपुरस्तिथ त्रिवि मैदानमा भएको खेलमा प्रदेश नं. ५ ले पनि प्रदेश नं. ६ विरुद्ध नौ विकेटको सहज जित हासिल ग¥यो । जितसँगै प्रदेश नं. ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै प्रदेश नं. ६ भने प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं. ५ ले २२ दशमलव ५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाउँदा बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् । प्रदेश नं. ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश नं. ५ का कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको ‘म्यान अफ द म्याच’ चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै झारे । जवाफमा प्रदेश नं. ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?