जनता बैंकको पीओएस सेवा सुरु


काठमाडौं । जनता बैंकले बुधबार देखि ‘पीओएस’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भिसा इन्टरनेसनलसँगको आबद्वतामा देशभरिका शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट ‘पीओएस’ सेवा सञ्चालनमा ल्याएको हो ।
सो सेवा सञ्चालनमा आएसँगै स्वदेश तथा विदेशका बैंक, वित्तीय संस्थाका ग्राहकले डेबिट तथा क्रेडिट कार्डमार्फत नगदरहित भुक्तानी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकका कारोबार बैंकिङ विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?