नेपाल बंगलादेश बैंकको भिसा क्रेडिट कार्ड


काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ २४औं वार्षिकोत्सवको उपलक्ष्यमा भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि लागू हुने गरी बैंकले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो । नेपाल बंगलादेश बैंकको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा सञ्चालन गर्न सकिनेछ । यसअघि बैंकले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राखी स्वदेश तथा विदेशमा सञ्चालन गर्न सकिने भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ ।
अन्तर्राष्ट्रिय ब्रान्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्ड सञ्जाल अझ बढी विस्तार हुने कुरामा बैंक विश्वस्त छ । बैंकले ७० शाखा, पाँच एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?