गुराँस लाइफको एक दिवसीय जीवन बीमा गोष्ठि


काठमाडौ : गुराँस लाइफ इन्स्योरेन्स तथा पोखरा विश्वविद्यालयको सयुक्त आयोजनामा प्रदेश नं ४ को राजधानी पोखरामा एक दिवसिय सेमिनार सम्पन्न भएको छ । गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई तथा पोखरा विश्वविद्यालय का डिन प्रा. हरी बहादुर खड्काको प्रमुख आतिथ्य एवं कम्पनी का क्षेत्रीय प्रमुख बाबुराम पौडेल को अध्यक्षतामा संचालन गरीएको उक्त कार्यक्रमा पौडेलले वीमा योजना आधुनिक आवश्यकता अनुरुप भएमा यसको बजारीकरणमा सहज हुनेमा जोड दिए ।
त्यसै गरी समग्र जीवन वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरुप सम्बन्धीत निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरि समय सापेक्ष बनाउनेमा जोड दिएको पनि बिज्ञप्तिमा उल्लेख छ । यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जिवन वीमा को प्रकृया तथा जिवन वीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था , कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीलाइ प्रशिक्षण गराएका थिए । उनले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १० औँ वर्ष सफलता पुर्वक पार गरी ११ वर्ष लगेको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाइ उच्चतम प्रतिफल दिने स्पस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?