जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै


टोकियो: जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाइएको छ । युवराज नारुहितो हाल ५८ वर्षको हुनुहुन्छ ।
राज्याधिकार हस्तान्तरणसँगै जापानी राजाले तीन दशक लामो जिम्मेबारीबाट विश्राम लिनुहुने छ । जापानमा अहिले रहेको राज परिवार विश्वकै पुरानो राजपरिवार मानिन्छ ।
युवराज नारुहितोले सन् १९९३ मा कुटनीतिक सेवामा समर्पित एक सम्भ्रान्त परिवारकी छोरी मासाको ओवादासँग विवाह गर्नु भएको थियो । उहाँहरुबाट सन् २००१ मा एक सन्तान छोरीको जन्म भएको थियो । युवराज्ञी मासाको अहिले ५४ वर्षकी हुनुहुन्छ । उहाँले आफ्नो वैवाहिक रजत महोत्सवका अवसरमा जनताको खुसीका लागि प्रार्थना गरिरहेको बताउनु भएको छ । यदि उहाँले राजगद्दी त्याग्नुभयो भने जापानको करिब दुई शताब्दी लामो राजसंस्थाको इतिहासमा गद्दिनशिन राजाले राजगद्दी छोडेर युवराजलाई सुम्पेको यो पहिलो पटक हुने छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?