नेपाल बैकको एफपिओ आउने


काठमाडौ । नेपाल बैंकले सर्वसाधरण सेयरधनीका लागि एफपिओ बिक्री गर्ने भएको छ । सरकारको हिस्सेदारी ५१ प्रतिशतमा झार्नको लागि १ करोड ७६ लाख कित्ताको एफपिओ निष्कासन गर्ने तयारी बैकले गरेको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा १८० रुपैयाँ थप गरेर प्रतिकित्ता २८० मा एफपिओ बिक्री गर्ने प्रस्ताव पेश गरेको छ । नेपाल बैंकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल बैंकको अधिकांश सूचक बलियो भएपनि दोस्रो बजारमा बैंकको सेयर मूल्य उच्च हुन नसकेको बताए ।
निरन्तर सेयर मुल्य घटेको कारण बैंक कार्यकारी अधिकृत शाहले सेयर मुल्य उच्च नहुँनुको कारण अद्भुत शक्तिलाई लगाएका छन् । उनले पत्रकार सम्मेलनमा एफपिओ जारी भएपछि ३२ प्रतिशत बोनस सेयर दिन सकिने जानकारी दिए । उनले बैंकको सन्चित घाटा समाप्त भएको र हरेक वर्ष लाभांश दिन सक्ने भएको जानकारी दिए । बैंकले निष्कासन गर्न लागेको एफपिओलाई क्रेडिट रेटिङमा ३ प्लस दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?