सबैखाले वाधा हटाउँदै सिंगापुर आइपुगेको छु: किम


सिंगापुर: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको  क्यापेला होटलमा भएको भेटघाटमा यी दुई नेताले गम्भीर छलफल गरेका छन्।

बीबीसीका अनुसार उत्तर कोरियाली नेता किमले यहाँसम्म आइपुग्न सजिलो नभएको बताएका थिए । ‘हाम्रो इतिहास र पूर्वाग्रहले यो दिशातर्फ बढ्न बन्देज लगाएको थियो । ती सबैखाले बन्देज तोडेर म यहाँ आइपुगेको छु,’ किमले भनेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाली नेता किमलाई भेटेर राम्रो महसुस गरेको बताए । ‘हामी शानदार छलफल गर्दैछौं, मलाई लाग्दैछ, हाम्रो यो भेट सफलताको शिखर चुम्नेछ । हाम्रो सम्बन्ध सुमधुर बन्नेमा मलाई कुनै शंका छैन,’ ट्रम्पले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?