मेसीलाई असहज महसुस


मस्को: अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।
पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ । खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने “आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।” मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेका बेला उनले असहज महसुस गरेको समाचार आएको हो ।
अर्जेन्टीनाले यो विश्वकपको दोस्रो खेल यही जुन २१ तारिख अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टीनाका खेलाडीहरुको अठोट छ ।  (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?