कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु


क्यानबेरा, अस्टे«लिया: अष्टे«लियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ । ‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन (एएचआरसी)’ ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ .। बुधबारबाटै यो अनुसन्धान थालिएको उक्त कमिसनले जनाएको छ ।
सो कमिसनले भनेको छ– हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ । अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए । यस विषयमा सरकारले पनि ठूलो चासो व्यक्त गरेको थियो । सो अवस्थालाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने उद्देश्यले उक्त मानवअधिकार कमिसनले यस विषयको अनुसन्धान थालिएको बताएको छ । कार्यक्षेत्रमै हुने गरेको यस्तो यौनजन्य अपराधलाई के कसरी हटाउन सकिन्छ भन्ने बारेमा यस अनुसन्धानपछि सुझाव दिने र यसले सरकारी तथा गैरसरकारी निकायलाई पनि यस सम्बन्धी नीति निर्माणमा सघाउने उक्त कमिसनले जनाएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?