रोटरीमा काम गर्नुको मज्जा नै बेग्लै


शारदा आर्चाय पोखरेल,अध्यक्ष रोटरी क्लव अफ जावलाखेल
रोटरी क्लव अफ जावलाखेलको अध्यक्षको रुपमा एक कार्यकायलको अन्त्यतिर हुनुहुन्छ,आफ्नो कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ ?
मेरो एक वर्षे कार्यकालको समिक्षा गर्दा सफल भएको अनुभूति भएको छ । म सदस्यका लागि योग्य थिएं जस्तो लाग्थ्यो । तर क्लवका पूर्व अध्यक्षहरूले करबलले नै मलाई अध्यक्ष बनाउनुभएको हो । उहाहरूले मलाई अध्यक्षका लागि प्रस्ताव गर्दैगर्दा म भित्रको खुबी देख्नुभएको रहेछ भन्ने अहिले आएर फिल गरेकी छुं । सवैको साथ पाएं,टिम राम्रो थियो र सफल पनि भइयो भनौं ।

तपाई अध्यक्ष सम्हाल्दा जे संकल्प गर्नुभएको थियो, ति पुरा गर्न सक्नुभयो कि भएन ?
अध्यक्ष सम्हाल्दा खासै त्यसतो विशेष संकल्प गरेकी थिईन । तर अहिले नसाेंचेको सफलता हात लागेको छ । सवभन्दा त वेस्ट प्रेसिडेन्ट रिजन ३ को अर्वाड पाए, यो मेरो र क्लवका लागि पनि महत्वपूर्ण उपलब्धि हो ।

रोटरी क्लव अफ जावलाखेलको तर्फवाट तपाईको कार्यकालमा के कस्ता काम भए ?
धेरै राम्रा कामहरू भएका छन् । मलाई लाग्दैन सवै काम यहां उल्लेख गर्न सम्भव हुन्छ । मेरो त यो एक वर्ष क्लवको काम काम भन्दा नै वित्यो । रोटरीको काम भनेकै समाजसेवाको काम हो । हामी केन्द्रीय राजधानी काठमाडौंदेखि दूरदराजसम्म यो वर्ष हाम्रा सहयोगी हात पुर्यायौं ।  ललितपुरको बडिखेलका महिलालाई आत्मनिर्भर बनाउने काममा सहयोगी बन्यौं भन्ने लाग्छ । सिप विकासको काम देखि मेघा स्वास्थ्य शिविर सम्पन्न गर्यों । त्यसतै अन्य ठाउंका कुरा गर्दा स्कूलका बच्चालाई न्यानो कपडा वितरण गर्नेदेखि किसानलाई बाख्रा,कुखुरा,तरकारी खेतीका लागि नगद समेत सहयोग गर्यौं । । यस्तै किसिमका धेरै काम यसविचमा भएका छन् । बांकेको सोनारीमा बाढीपीडितलाई सहयोग,अपाङगता भएका वच्चाका लागि बोसिया गेमको आयोजन गर्यौं । दोलखाको बाबरे र ओखलढुंगाको श्रीचौरमा स्कुल निर्माण गर्यौं । हेल्थ पोष्ट,माइक्रो हाइड्रो सेन्टर,वर्थिङ सेन्टर गरि जम्मा जम्मी २७ परियोजना मेरो कार्यकालमा सम्पन्न भएका छन् ।

सामाजिक संस्थाको नेतृत्व गर्न कति जटिल हुदोरहेछ ?
समामिजक संस्थाको नेतृत्व गर्न वास्तवमै गाह्रो छ । अझ रोटरीको त झनै गाह्रो हुृने । कारण रोटरी भोलुन्टियर संस्था हो । हरेक काममा निजि खर्चमा जानुपर्ने हुन्छ । अन्य संस्थाको जस्तो हुदैन विल पेश गर्ने यसको इथिक्समा छैन । टीमलाई जिम्मेवारी दिदापनि विचार पुर्याउनुपर्ने हुन्छ । अरु संघ संस्था एनजिओ आइएनजिओ भन्दा यो नितान्त फरक छ र जटिलपनि ।

रोटरी क्लवमा कोहि किन आवद्व हुनुपर्छ भन्ने लाग्छ तपाईलाई ?
रोटरी क्लवमा बसेर काम गर्नुको मज्जा वेग्लै छ । कसैको प्रेसर र कर कापमा काम गर्नुपर्दैन । त्यस्तो केहि छैन । स्वच्छ मनले काम गर्ने हो र आत्मासन्तुष्टि लिने हो । कसैलाई समाजमा केहि गरौं भन्ने छ भने रोटरी जत्तिको राम्रो प्लेटफर्म अरु छैन् जस्तो लाग्छ । रोटरी क्लव एउटा राम्रो परिवार हो । यो परिवारमा आवद्व हुन चाहानुहुन्छ भने आउनुहोस, हातेमलो गर्नुस भन्न चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?