इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्याे समूह ‘जी’ काे विजेता


काठमाडाैं : समूह ‘जी’ को विजेता बेल्जियम बनेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै  समूह विजेता बेल्जियम बनेको हो। समूह विजेता बनेको बेल्जियम र उपविजेता इंग्ल्याण्ड  दुवै यो खेल अघिनै नकआउट चरण प्रवेस गरिसकेका टोली हुन्।  बिहीबारको खेलमा दुवैले आफ्नो दोश्रो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेका थिए। इंग्ल्याण्डले सुरुवाती ११ मा ८ परिवर्तन गरेको थियो भने बेल्जियमले ९ परिवर्तन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?