बेल्जियमले जापानलाई ३—२ ले हरायो


काठकाडाैं : दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ। शिर्ष १६ अन्तर्गत रुसको रोस्टोभ रङ्गशालामा सोमबार सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५२ औं मिनेटभित्रै जापानले दुइ गोल गर्दै खेल आफ्नो पक्षमा पार्ने लक्षण देखाएको थियो। जापानकालागि खेलको ४८ औं मिनेटमा जेन्की हारागुचीले गाकु सिवासाकीको सहयोगमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउँदा ताकासी इनुयीले सिन्जी कागवाको पासमा ५२ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?