स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त


मड्रिड: बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उहाँको सट्टामा नियुक्त गरिएको हो । विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उहाँलाई हटाइएको अधिकारीहरूले जनाएका छन् । “लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त हुनुभएको छ,“ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले सञ्चारकर्मीहरुसँग भन्नुभयो । लामो समय फुटबल क्षेत्रमा विताएका ४८ बर्षिय लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?