सञ्चारमन्त्रीद्वारा खेलाडी बिदाइ


काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बेलायतमा यही शुक्रबारदेखि आइतबारसम्म हुने तेक्वान्डो आइटिएफ नेपालका चार सदस्यीय टोलीलाई आज बिदाइ गर्नुभएको छ ।
सहभागी हुने खेलाडीहरुमा संस्मन बस्नेतले ७० देखि ८० केजी तौल समूहमा १८ वर्षमुनि ब्ल्याक बेल्ट स्पाइरिङमा भाग लिनुहुनेछ । उहाँले २०१६ मा बेलायतमै आयोजना भएको विश्व तेक्वान्डो प्रतियोगिताको कलर बेल्टतर्फ रजत पदक र सन् २०१७ मा कोरियामा भएको एशिया प्रतियोगितामा स्वर्णपदक जित्नुभएको थियो ।
यसैगरी, सस्मीनी बस्नेतले नेपामा आयोजना भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा पदक जित्नुभएको थियो । त्यसैगरी, टिम कोचमा तेक्वान्दो आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत र र उपाध्यक्ष सुरेन्द्र खत्री टिम म्यानेजरका रुपमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?