टेबलटेनिस टोली भारत प्रस्थान


काठमाडौँ: इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयारीका लागि टेबलटेनिस टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ । पुरुष खेलाडीमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन रहेका छन् । प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् । खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्ने छन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?