‘जी सिने अवार्ड’ काठमाडौंमा


काठमाडौ: नेपालमा वर्षेनी झण्डै आधा दर्जन फिल्म अवार्ड हुने गरेका छन्। स्वदेशी फिल्म अवार्डको भिड लागिरहँदा पनि बलिउडका कलाकारको उपस्थितिमा नेपालमा पहिलो पटक जी सिने अवार्ड हुने भएको छ। नेपाल भ्रमणमा रहेको तीन सदस्य भारतीय फिल्मकर्मीको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आगामी नोभेम्बर–डिसेम्बरमा अवार्ड गर्ने जानकारी दिएको हो। शनिवार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्र्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिज्ञ तथा राज्य सभा सदस्य अमर सिंह र अभिनेत्री जया प्रदाले नेपालमा अवार्ड गर्ने बताएका हुन् । उनीहरुले आफ्नो अवार्डमा हरेक वर्ष नेपाली फिल्मका लागि एक अवार्डको व्यवस्था गरिने जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?