अपाङ्ता भएका व्यक्तिले न्यायको अनुभूति गर्न पाएका छैनन्


वीरेन्द्रराज पोखरेल, अध्यक्ष, एड्राड नेपाल

वीरेन्द्रराज पोखरेल ललितपुरको कुपण्डोलको स्थायी वासिन्दा हुनुहुन्छ । आफु २६ वर्षको हु“दा आखाको ज्योति गुमाउनुभएका पोखरेल अहिले अपाङतामैत्री समाज, सभ्यता र संस्कारको आन्दोलन एवं अभियानमा अहोरात्र खटिदै आउनुभएको छ । एविलिस फाउण्डेशन र एड्राड नेपालमार्फत उहांले अपाङग्को मानवअधिकार सम्बन्धि बहस देशभित्र अनि वाहिर चलाइरहनुभएको छ । राज्यलाई निरन्तररुपमा अपाङगता भएकोे हकहितका निमित्त नीति निर्धारण गर्न देखि बनेका नीतिनियमलाई कार्यान्वयनका लागि दवाव दिने काम पनि गरिरहनुभएको छ । प्रस्तुत छ पोखरेलसँग नेपालमा अपाङ्गता भएका व्यक्तिको अवस्था र उनीहरूको हकका लागि राज्यको तर्फवाट गरिएका कामका सन्र्दभमा तिलक तिवारीले लिएको अन्र्तवार्ताको सम्पादित अंशः

तपाई जन्मजात नै दृष्टिविहिन या पछि ?
म दिष्टीविहिन भएको धेरै लामो समय भएको छैन । मैले स्नात्कोत्तर पास गरेको वर्षनै दुर्भाग्यवस मेरो आँखाको दृष्टि गुम्यो । म त्यतिवेला २६ वर्षको थिएँ । म तथ्याकं शास्त्रमा मास्टर्स डिग्रि भर्खर सकाएको थिएँ । त्यो बेलामा मैले संयुक्त राष्ट्रसंघ जनसंख्या कोषमा सानो काम गर्न सुरु गरेको थिएँ । तराई क्षेत्रमा गएर काम गर्दा मलाई विस्तारै आखाँमा केहि समस्या भएको महशुश भयो । त्यसपछि डाक्टरसँ जचाउँदा मेरो आँखाको नसा सुकेको भनियो । म आफु दृष्टिविहिन भएको प्रमाणित भयो । त्योभन्दा पहिला म एकदम सक्रिय थिएँ अरुजस्तै नै । म विज्ञान विषयमा स्नात्कोत्तर गरेको थिए । म फ«ेण्डस क्लवमा सचिव थिए । फुटबल खेल्थें पछि कोच पनि भएँ । विद्यालयमा पढाउंथे पनि । एकदमै सक्रिय जीवन व्यतित गरिरहेको थिएं ।

त्यस्तो एउटा गतिशिल दैनिकी व्यतित गर्दै गर्दा डाक्टरले एक्कासी आँखाको नसा सुकेको भन्दा कस्तो फिल भयो ?
शुरुमा त मेरो आखा ठिक हुन्छ भन्ने नै लागेको थियो । तर डा शशांक कोइरालाले धेरै गम्भीर प्रकृतिको भएको कारण चेकअपका लागि सम्भव एकचोटि बाहिर जान सुझाव दिनुभयो । पहिला म न्यरोलोजीको डाक्टर कहां गएं र पछि म दिल्ली गएं । दिल्लीमा एम्समा जचाउदा, आरपी आजाद भन्ने डाक्टर हुनुहुन्थ्यो । उहांले धेरै अनुसन्धान गरेर मेरो दृष्टि गुमिसेकेको छ र यो रिभाइभ हुन सक्दैन भनेर भनेपछि म केहि समय वास्तवमै धेरै नै ड्रिप्रेस्ड जस्तो भए । मैले एमएस्सी डिस्टिङसनमा पास गरेको थिएं । त्यसपछि म क्याव्रिज युनिर्भसिटिमा एमएस र पिएचडी गर्नका लागि तयारी अवस्थामा थिएं । भर्खरै एउटा जिन्दगीको शुरुवात गर्दैथिएँ । त्यहि बेला मेरो दृष्टि गुमेको थियो । त्यो समयको परिकल्पना गर्न पनि सकिदैन ।

एउटा पारिवारिक प्रसंग कोटयाउँ , तपाईले दृष्टि गुम्नुपूर्व नै दाम्पत्य जीवनमा प्रवेश गनुभएको कि पछाडि गर्नुभएको ?
मैले एमएस्सी प्रथम वर्ष पढदा पढदै मेरो बुबालाई क्यान्सर भयो । मेरो बुबा बैंकमा म्यानेजर हुनुहुन्थयो । डाक्टरले उहांको समय धेरै छैन त्यसैले बुबाको अन्तिम इच्छा पुर्याउदै राम्रो हुन्छ भन्नुभयो । मैले बुबालाई सोधे , बुबाले म मर्नुभन्दा पहिला कान्छी बुहारी हेरेर मर्ने अन्तिम इच्छा छ भनेपछि मैले विवाह गरेको थिएं । त्यो बेला त मैले बाध्यतावश नै विवाह गरेको थिए । तर वास्तवमा जव विवाह लगतै मेरो आखा बिग्रियो । मैले ५, ६ महिना भन्दा बढि मेरो श्रीमतीलाई राम्रोसँग देख्न पाइन । अहिलेपनि मैले मेरी श्रीमतीको २०, २२ वर्ष अगाडिको अनुहार सम्झन्छु तर उनले बनाएको खानाको एकएक स्वाद मसँग छ । कानमा उनले फेरेको स्वास ठोकिन्छ । उनको अनुहार अहिले दैख्न नसकेपनि लाग्छ मेरो बुबाले आफु जानै लाग्दा एउटा सुन्दर उपहार दिएर जानुभएको रहेछ । म बुबाप्रति असाध्यै आभारी छुं ।

तपाई आफ्नो दाम्पत्य जिवनको शुरुवाती समयमा आखा देख्नुहुन्थ्यो तर विवाहको ५,६ महिना पश्चात नै तपाईले ज्योती गुमाउनुभयो , जिवनसाथीले के भन्नुभयो ज्योति गुमाउदा ?
हामी शुरुमा त उपचारका लागि देशबाहिर विशेषत भारतका विभिन्न ठाउंमा गयौं । मेरो आखा ठिक हुदैन भनिसकेपछि मेरो जीवनसाथीले अन्धापनि यस संसारमा बाचेका छन् ,नेतृत्व गरेका छन, यसलाई लिएर उदास हुनु आवश्यक छैन, यो चुनौतिलाई स्विकारेर यसलाई शक्तिमा, अवसरमा बदल्नुपर्छ भनेर झनै आत्मबल अनि बाच्ने हाँस्ने हौसला प्रदान गरिन । हामीले मिलेर काम गरौँ भनेर प्रेरणा दिइन । फलत आज म जागरणको आन्दोलनमा, अपाङ्गता भएका नागरिक र असाहयप्रति गरिने विभेदका विरुद्वमा जुधिरहेको छु । त्यस्ता विभिन्न अभियानको नेतृत्व गर्दै यो स्थानमा आइपुगेको छुं । २६ वर्ष सम्म बाह्य संसार देख्नुभएको

तपाई पछि ज्योति गुम्यो, आफुलाई जिवनको मूलधारमा कसरी फर्काउनुभयो ?
म त्यो बेलामा केरलाको एउटा आर्य बैद्यशालामा गएको थिएँ । त्यहां ३५ दिन उपचारका लागि वसेको थिएँ । त्यहाँपनि उपचार सम्भव नभएपछि म पछि साइवाबा कहां गएँ । मैले तीन दिनसम्म साइबाबाको चरण स्पर्श गर्न पाएँ । त्यहां आफुसंग जे छैन,त्यो नभएको कुरामा दुख नगर्नु, आफुसंग जे छ त्यो कुराको अधिकतम उपयोग गर्नु , जीवनको सार्थकता यहि हो भन्ने कुराले मलाई शान्तवना दियो । त्यसपछि म फर्केर आएपछि कम्युटर सिक्नुपर्छ भन्ने लाग्यो । वलाइन्डले कम्युटर सिक्छन भन्ने थाहा थियो । मेरो फेमिली डाक्टर हुनुहुन्थयो विरेन्द्रबहादुर श्रेष्ठ । उहांले विरेन्द्र तिम्रो हिजो एक किसिमको जीवन थियो । आज अर्को जीवनमा प्रवेश गरेका छौ,अव तिमिले ब्रेललिपी सिक्नुपर्छ भन्नुभयो । पछि म नेत्रहिन संघमा गए । त्यहा नेत्रहिनको दयनिय अवस्था देख्दा म भावुक भएँ । बाबुआमा नभएका अनाथको बेहाल देखें । मेरो त पारिवारिक अवस्था सुदृढ थियो , मैले पढेको छु । नेत्रहिन संघमा रहेका नेत्रहिनको अवस्था हेर्दा अनि मलाई लाग्यो यो मेरो दृष्टि गुमेको त उनीहरूको सेवा एवं अधिकारको लागि लडनुपर्छ भन्ने आदेश पो त रहेछ भन्ने मैले अनुभूत मैले गरे । म जस्तै दृष्टिविहिनका लागि केहि गर्छु भनेर मैले संकल्प गरे । त्यसपछि मलाई आफु दृष्टिविहिन भएकोमा कुनै दिन ग्लानी,दुख र पश्चताप भएन ।

नेपालमा अपाङग्ता भएका व्यक्तिको अवस्था कस्तो छ ?
नेपालमा अहिलेपनि अपाङग्ता भएका व्यक्तिको अवस्था दयनीय नै छ । दयनीय कुन अर्थमा भन्दा हामीसँग पर्याप्त मात्र कानूनी दस्तावेज छन् । तर त्यसको सहि कार्यान्वयन हुन सकिरहेको छैन । कार्यान्वयन नहुनु नै आजको सवैभन्दा ठूलो चुनौति हो ।

राज्यले प्रतिवद्वता व्यक्त गर्ने तर कार्यान्वयन चाहि नगर्ने किन गरिरहेको छ ?
यसमा दुईवटा कुरा छ । अपाङग्ता भएका व्यक्ति भनेका दयाका पात्र हुन , उनीहरूलाई कल्याण गर्नुपर्छ भन्ने ठानिन्छ । उनीहरूको दृष्टि नभएको कुरा हेरिन्छ । उनीहरूको सक्षमता हेरिदैन । कार्यदक्षताको कुरा हेरिदैन । यो भनेको एउटा हाम्रो अवधारणगत विभेद हो । परापूर्वकालदेखि नै अवधारणा यस्तो रहि आयो कि अपाङ्गता भइसकेपछि उनीहरू केहि गर्न सक्दैनन भन्ने सोँच छ । १९१० मा जंगवहादुरले ल्याएको मुलुकी ऐनमा त अपाङग्लाई मागेर खाने, हण्डी दिने भनिएको छ । २०२० सालमा आएको मुलुकी ऐनमा यस्तो एउटा प्रावधान कै कुरा गरौं, नेपालमा बहुविवाह गर्न पाईदैन , कानुनले बहुविवालाई बर्जित गरेको छ तर त्यो बेलाको ऐनमा यदि श्रीमती अन्धी, डुडी, खोरण्डी भएको अवस्थामा पाइन्छ भनेर लेखिएको छ । शब्द समेत यस्तो लेखिएको छ । त्यहां त शब्दले नै विभेद गरिसकेको छ । श्रीमती अपाङ्गता भएको अवस्थमा झनै सुरक्षा, माया, ममता एवं हेरचाह गर्नुपर्ने अवस्थामा उसलाई नै सौता हाल्ने अधिकार कानुनले दिएको थियो । हामी त्यसतो न्यायिक प्रणालीवाट आएका छौं भनेपछि हाम्रो अवधारण कस्तो हुन्छ ? यद्यपी पछि महिला अधिकारवादीले मुलुकी ऐनको उ बलाकोे त्यो प्रावधानलाई अदालतमा लगेर निष्कृय गराउनुभयो । पुर्नस्थापित संसदले २०६३ सालमा यसलाई अमान्य घोषित गर्यो । यद्यपी यस्तो किसिमको अवधारणा बनाउने मुलुकका नागरिक हामी भनेपछि कस्तो इतिहासवाट आएका छौ हामी ? न शैक्षिक पद्वति अपाङ्गमैत्री बन्न सकेको छ न कानूनी प्रक्रियाको कार्यान्वयनको कुरा अपाङ्गमैत्री बन्न सकेको छ न हाम्रो घरपरिवारमा समाज नै अपाङ्गमैत्री बन्न सकेको छ । यी सवै कारणले नै आज अपाङगता भएका व्यक्तिले न्यायको अनूभूति गर्न पाएका छैनन् ।

अपाङ्गता भएकण व्यक्तिलाई बुझ्ने नेपाली समाजको चिन्तन र व्यवहारमा कतिको परिवर्तन पाउनुहुन्छ ?
म तपाईलाई एउटा उदाहरण दिन्छु । म रत्नपार्कवाट कुपण्डोल आउन खोजेको थिएँ , म बस चढेँ ,बस चढदाखेरि त्यहां महिलाको सिट भनेको थियो एकजनाले महिला आएपछि सिट छोडियो तर म लठ्ठी टेकेर उक्लिए, अपाङग् लेखेको सिटमा एकजना भद्रभलाद्मी वस्नुभएको थियो । त्यो सिट मैले मेरो भनेर संकेत गर्दा उहांले छोडनुभएन । मैले उहांसंग विवाद पनि गर्न चाहिन । म राष्ट्रिय अन्तराष्ट्रिय रुपमै अपाङग अधिकारका लागि जुध्दै आएको छु । मैले त त्यो बेलामा लज्जाबोध गर्नुपर्यो भने अरु आम अपाङ्गता भएका नागरिकले कति लज्जाबोध गर्नुपर्छ भनेर कल्पना गर्नुस त । हाम्रो समाज अझै पनि त्यो किसिमको चरित्रवाट अगाडि बढेको छ । अर्को एउटा उदाहरण म दिन चाहान्छु , म २००२ मा एक्लै जापान जानुपर्ने थियो । एयरपोर्टमा एकजना नेपाली सुटबुटमा सजिनुभएको थियो , उहांपनि जापान जादै हुनुहुदोरहेछ । मलाई छोडन जानुभएको जापानीज साथीले कृपया उहालाई टोकियोसम्म छोडदिनु न भन्दा उहाँले नो आइ हयाभ माई ओन विजनेश , आइ क्यान्ट लिड ब्लाइन्ड पर्सन भन्ने जवाफ फर्काउनुभयो भने त्यही बेलामा मेरो साथीले अर्को जापानीजलाई मेरो साथी जापान जादै हुनुहुन्छ, तपाई सहयोग गर्न सक्नुहुन्छ कि भनेर अनुरोध गर्दा ति जापानी साथीले किन नसक्नु भनेर मलाई सहयोग गर्न सहर्ष स्विकार गर्नुभयो । हाम्रो मानसिकतामा यस्तो फरक छ । हामीले जहिलेसम्म यस्तो मानसिकता परिवर्तन गर्दैनौं तवसम्म केहि हुनेवाला छैन । अवधारणगत रुपमा केहि परिवर्तन पनि नआएको होइन,संचारमाध्यमले पनि यथेष्टमात्रमा अहिले अपाङ्ता भएका नागरिकका सवाललाई स्थान दिनुभएकै छ तर अझैपनि सामुदायमा आन्तरिकीकरण गर्ने सन्दर्भमा गाह्रो भइराखेको छ । त्यसको कारण हामीले तयार गरको पाठयक्रममा देशदेखि विदेशसम्म अपाङ्गता भएका व्यक्तिले गरेका सक्षमता एवं देशविकासका लागि गरेका नेतृत्वदायी कुरा राखिएका छैनन् । डिनालो रुजवेल्ट अमेरिकाको राष्ट्रपति जो पोलियोवाट हिवलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्ति थिए । उनको सक्षमताको कुरा हेराँै,उहां त्यो स्थानसम्म पुग्नुमा परिवारले उनको शिक्षादिक्षामा कहिल्यै पनि कञ्जुस्याई गरेन,बोझ ठानेन । त्यस्तै डेविड बलन्केट उहां बेलायतको गृह एवँ शिक्षामन्त्री भए । वैदेशिक नीतिसम्बन्धि काम उनले गरे । उनी पन िपूर्ण दृष्टिविहिन हुन । उहांलाई घरपरिवारले शिक्षा प्राप्त गर्ने अवसर दिएको हुनाले उनले आफ्नो सक्षमता प्रर्दशन गरे । यस्ता विश्वमा धेरै राम्रा राम्रा उदाहरण छन् । नेपालमा पनि झमक घिमिरेको कुरा गरौं । उनले कुनै औपचारिक शिक्षा प्राप्त गरेकी होइनन । उनले मदन पुरस्कार प्राप्त गरेकी छिन । हामीले अपाङग्ता भएका व्यक्तिको अपाङगतालाई हेर्ने होइन, उनीहरूभित्रको सक्षमतालाई हेर्ने बानी बसालौं । जवसम्म हामीले उसको सक्षमतालाई हेर्ने बानी बसाल्दैनौ तवसम्म अपाङगता भएका व्यक्तिहरू हाम्रो लागि बोझ बनिरहन्छन् । अहिलेपनि हाम्रो समाजमा अपाङगता नभएको बालबालिकाका लागि मासिक १० ,१५,२० हजार खर्च गरेर बोर्डिङ स्कूल पठाइन्छ, विद्यालय पठाइन्छ , तर एउटा अपाङगता भएको व्यक्ति छ भने उसको लागि अरु कसैले छात्रवृति दिनुपर्ने , अरु कसैले ब्रेल किताव ल्याइदिनुपर्ने रे , आफ्नो परिवारले खर्च गर्न नहुने रे अनि त्यो खर्च गरेको चाहि अनुत्पादक हुन्छ रे यो सोच हामीले राखेसम्म हामीले जहिलेपनि बोझै ठान्छौ । यदि हामीले यसलाई अवसर बनाउने हो अपाङ्गता भएकाबालबालिकालाई पनि अरु बालबालिकका लागि गरेजस्तो खर्च गर्न सक्नुपर्यो ।

अपाङमैत्री सिंगो समाजको परिकल्पना कसरी गर्न सक्छौ त हामी ?
अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई केहि न केहि राहत दिनुपर्छ । परिवारले त्यसता बालबालिकको हेरचाहमा समय दिदा उत्पादनमा स्वभावत ह्रास आउंछ । विद्यालयहरू जे जति बनेका छन् , उनीहरूलाई स्विकृति दिदा नै अपाङ्गता बालबालिका हिवलचियर प्रयोग गरेर कक्षाकोठासम्म जान सक्छन कि सक्दैनन भन्ने निरीक्षण गरेर मात्र स्किृति दिने नदिने निर्धारण गर्नुपर्यो । हो विद्यालयका सवै कक्षाकोठा हिवलचियर जान नसक्ने पनि हुन सक्छन तर केहि कक्षाकोठा अपाङगतामैत्री हुनैपर्छ । यसलाई नीतिगत एवं अनिवार्य रुपमा लागु गराईयो भने सम्भव हुन्छ । सडक पनि त्यसतै हुनुपर्छ । हिवलचेयरका लागि ट्रयाक हामीसँग छैन् । सरकारले निर्णय गरिसकेको छ सवै पाठहरू यूनिकोडमा हुनुपर्छ भनेर । यूनिकोडमा भयो भनेदेखि दृष्टिविहिनले पनि कम्युटरवाट पढन सक्छन । हामीले पहुचयुक्त संरचना केहि गराएका छैनौं । त्यसैले हामीले अपाङ्गता भएका व्यक्तिलाई चाहेर पनि विद्यालयमा पढन सक्ने, विद्यालय जाने, आफ्नो वृतिविकास गरेर उत्पादनशिल जीवनयापन गर्नका लागि धेरै चुनौतिको सामना गर्नुपरिरहेको छ । यी कुरामा विशेषत राज्यले ध्यान दिन सक्यो भने अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार हुनेथियो भने बाँकीले उनीहरूलाई हेर्ने दृष्टिकोणमा पनि बदलाव आउन सक्ने थियो । विकसित देशको कुरा गर्दा हिवलचियर प्रयोगकर्ता होस या दृष्टिविहिन उ घरवाट वाहिर निस्केपछि लिफ्ट चढन लाग्यो भने उ कति नम्बर फलोरमा जाने, थिचेपछि त्यसले आवाज दिन्छ , लिफ्टमा बटम राखिएको हुन्छ ,बसमा हिवल चियर सिधै छिर्छ । वहिराका लागि सांकेतिक भाषाको व्यवस्था जहांतही गरिएको हुन्छ । हिवलचियरमा हिडनेका लागि छुट्टै बाटो हुन्छ । दृष्टिविहिनका लागि छुट्टै पथ हुन्छ । नेपालमा पनि अपाङ्गता भएकाका लागि छुट्टै संरचना नै बनाउनुपर्ने पनि होइन, भएकोमा थोरै सुधार गरेमात्र पनि काफी हुन्छ ।

अन्तयमा ?
जव हामी हाम्रो अपाङ्गतालाई दुर्भाग्य ठान्छौ, हामी सधै दयाको पात्र बन्छौं । यदि हाम्रो अपाङ्गताको अवस्थावाट हामी हिनताबोध पाल्छौ भने हाम्रो जिन्दगी व्यर्थ खेर जानेछ । हामीमा अपाङ््गता भएरपनि आफुभित्रको सक्षमतालाई प्रयोग गर्छौ, हिनताबोधलाई शक्तिमा बदल्छौ भने हामी उदाहरणीय एवं प्रशंसाको पात्र बन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?