दर्नाल अवार्ड सामाजिक अभियानकर्मी सरस्वतीलाई


काठमाडौँ: यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ । जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गर्नुभयो । सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?