उपत्यकामा ट्याक्सी चालकलाई पहेंलाें ज्याकेट अनिवार्य


काठमाडौं । उपत्यकाका ट्याक्सी ड्राइभरहरूका लागि ट्राफिक प्रहरीले बुधबारबाट अनिवार्य पहेँलो फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने व्यवस्था गरेको छ।
महानगरीय ट्राफिक महाशाखा प्रमुखले ट्याक्सी चढ्ने यात्रुलाई चालक चिन्न र ट्याक्सी चढ्न सहज होस् भन्ने उद्देश्यले ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गरिएको बताएको छन् ।

यो सुरुवात हो, एक महिनाभित्र तपाईँहरू आफैँ ज्याकेट बनाएर लगाउनुस्, ट्याक्सी ड्राइभरहरूलाई ज्याकेट वितरण कार्यक्रम उद्घाटन गर्दै प्रहरीले भने, अटेर गरे कारबाही हुन्छ।

पहिलो चरणमा उपत्यकाका ट्याक्सी ड्राइभरहरूका लागि यो नियम लागु गरिएको छ । विस्तारै सार्वजनिक सवारी चालकहरूलाई समेत अनिवार्य ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिने प्रहरीले बताएका छन्

ज्याकेटले चालकको पहिचान समेत झल्किनेप्रहरीको भनाई छ । । ट्याक्सीको छतमा पनि पहेंलो रंग लगाउन सरकारले निर्देशन दिइसकेको छ। प्रदेश ३ ट्याक्सी व्यवसायी संघका अध्यक्ष जगन्नाथ गौतमले ट्राफिक नियममको पालना गर्न तयार भए पनि सरकाले ट्याक्सीको भाडा समायोजन नगरेका कारण व्यवसायी मर्कामा परेको गुनासो गरे।
काठमाडौं उपत्यकामा हाल ११ हजार ट्याक्सी रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?