रामकहानीको ‘आए म तिम्रो छेउ’ गीत सार्वजनिक


काठमाडौं : भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को गीत सार्वजनिक भएको छ।

बिहीबार युट्युबमार्फत फिल्ममा समावेश आए म तिम्रो छेउ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

अर्जुन कै शब्द समावेश उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। थ्रिलर लभ स्टोरी फिल्म रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेललगायतको मुख्य भूमिका रहेको छ। निर्देशक सुदर्शनकै कथा रहेको फिल्ममा सुदर्शन र नायिका पूजा शर्माको लगानी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?