‘क्याप्टेन’को पोष्टर सार्वजनिक, ११ नम्बर जर्सीमा इशान बने अनमोल


काठमाडौं :अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को फस्टलुक पोष्टर रिलिज गरिएको छ।

शनिबार सामाजिक सञ्जालमार्फत निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा अनमोल केसी खेलाडी अवतारमा प्रस्तुत भएका छन्। इशान नामको ११ नम्बर जर्सीमा सजिएका उनी फुटबलको साथमा प्रस्तुत भएका छन्। भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।

 

खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्। सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्।

सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ। पोष्टरमा फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?