फेवातालमा हाम फालेकी किशोरीको शव भेटियो


पोखरा :  फेवातालमा हाम फालेकी एक किशोरीको शव भेटिएको छ।

 

आइतबार दिउँसो साँढे चार बजे घरबाट निस्केकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछानेको शव भेटिएको हो। पोखराकै छोरेपाटन मावि कक्षा १० मा अध्ययनरत लामिछानेको फेवाताल ड्याम क्षेत्रमा शव फेला पारिएको जिल्ला प्रहरी कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

आइतबार राती १२ बजे ड्यामसाईडबाट साथी र आफन्त पर्ने एक जना दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो। उनले आफन्तको मोबाईलमा के म्यासेज पठाएकी थिईन भन्ने बताइएको छैन्। उनी हराएको खबर परिवारले प्रहरीलाई दिएपछि कास्की प्रहरीले उनको खोजी गरेको थियो।

 

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?