राजमार्गमा थप पहिरो


रसुवा: धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा गए राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ । विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र मानिसको आवतजावतका लागि सुरक्षित ठाउँबाट पैदलमार्ग खोलिएको डिभिजन सडक कार्यालयले जनाएको छ । गत १ गतेदेखि बन्द भएको राजमार्गबाट सामान ढुवानी नहुँदा ८० करोडभन्दा बढी राजश्व घाटा परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सडक कार्यालयले भने कामदार नलगाई आफ्ना नियमित मजदूर स्काभेटरबाट मात्र काम अगाडि बढाउँदा सडक सञ्चालन गर्न ढिलाइ भएको स्थानीयवासीले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपालीसेना कालीजङ्ग गणले पैदलमार्गमा आवतजावत सहज पार्न पैदल बाटो सुधार गरी रहेको उक्त गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?