आज बिमस्टेक सम्मेलनको उद्घाटन


काठमाडौं: बिहीबार मध्यान्ह शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिहीबार आइपुगेका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?