लागु औषधसहित युवक पक्राउ


काठमाडौँ: प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ । भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?