पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा


काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आज यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भन्नुभयो, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।” अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताउनुभयो । पार्टीका उपाध्यक्ष आष्टमाया लामाले देशभरका महिलालाई एकै ठाउँमा भेला गर्न तीजले विशेष भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?