एकता हुन नदिने प्रवृति नै अन्तरघात: सभापति देउवा


नेपालगञ्ज: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।”
सभापति देउवाले भन्नुभयो, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आप्mनै कारणले हारेका हौँ । आप्mनाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।” उहाँले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुभ्mनुपर्ने उहाँको भनाइ थियो । नेपाल ट्रेड युनियन काङ्ग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले प्रशिक्षण दिनुहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?