गणेशमान व्यक्ति होइन बिचारधारा


युगनाथ शर्मा पौडेल
आज देशले गणेशमान सिंहलाई फेरि सम्झदैछ । तर आजका दिनमा गणेशमान सिंहलाई बुझने काम उनकै अनुयायीहरुले त गरेका छैनन भने अरुले गर्न सक्ने कुरै भएन यो आजको दिनमा गणेशमानको बिचार बुझनेको पीडा हो । गणेशमान आजका दिनमा कुनै ब्यक्ति होइन यो त बिचारधारा हो जहा आजको समाजलाई कता लैजाने भन्ने चिन्तन रोपिएको थियो आजको समाजको पीडाबोध थियो नेपालमा रहेका सबै जात जाती र भाषा भाषीको भाबना पनि थियो तर गणेशमानको बिचारलाई नेपालको सत्तामा निरन्तर रहने अभ्यास गरेको एउटा बर्ग र समाजले बुझन चाहेन त्यो इतिहासको तीतो यर्थाथ पनि हो । तर के आज गणेशमान सिंह स्मृति दिबस मनाइरहदा नेपाली जनताले गणेशमान सिहलाई मन बचन र कर्मले बुझेका छन त ? यो भने आजको समयले गणेशमान बिचारका अनुयायीहरुलाईे सोधेको प्रश्न हो । के गणेशमानले कल्पना गरेको नेपालको पक्षमा आजका दिनमा उनका अनुयायीहरुलागेका छन ? त यो आजको समयले सबैसंग जबाफ मागेको छ । आजका दिनमा बामपन्थीहरुले गणेशमानलाई नसम्झेकोमा कसैले आश्चर्य मान्ने कुरा होइन तर बिचारका कारणले भने प्रजातन्त्रबादीहरुले गणेशमान बिर्सनुलाई स्वाभाबिक मान्न सकिदैन । आज गणेशमानको फोटो टागेर शोभा भगवतीमा औपचारिक माल्यर्पण गरेर मात्र उनको बिचार सम्मान गरेको ठानिदैन हरेक प्रजातन्त्रबादीहरुले आजका दिनमा गणेशमानलाई भुलिरहेका छन त्यतीमात्र होइन उनीहरुले किसुनजीलाई पनि भुलेका छन जुन आजको राजनीतिको यथार्थ मूल्यांकन होइन त्यसअर्थमा उनीहरुले एउटा जीवन्त बिचार भुलिरहेका छन । एउटा सामान्य औपचारिकतामा बी पी गणेशमान सुबर्ण र किसुनजीलाई सम्झेर मात्र पुग्दैन । त्यसो त बी पी कोइराला गणेशमान सिह र किसुनजी समेत सी के प्रसाई महेन्द्रनारायण निधि समेत पछिल्लो दिनको नया भूमिकाकोलागि गिरिजाबाबुका बारेमा केबल स्मृति दिबस मनाएर स्मरण गरेर मात्र आजको समयमा उनीहरुप्रति न्याय गरेको ठानिनु हुदैन । नेपालमा लोकतन्त्रको लडाइमा बी पी कोइराला गणेशमान र किसुनजीको भूमिकालाई आजका दिनमा प्रजातन्त्रबादीहरुले जुन रुपमा उठाउनु पर्दथ्यो त्यो रुपमा उठाउन सकेका छैनन । यो बिचारका कारणले लोकतन्त्रबादीको निरिहता पनि हो । उनीहरुको बिचार बिश्वलाई बजार मान्ने बिचार थिएन उनीहरुको बिचार बिश्वलाई नै परिबार मान्ने बिचार थियो जुन राममनोहर लोहियाको बिचार थियो ।

बी पी कोइराला गणेशमान सिंह र किसुनजी सुबर्ण शमशेर सी के प्रसाई र महेन्द्रनारायण निधिका नाउमा देशमा धेरै जनजागरणका कामहरु हुनु आवश्यक छ त्यो आउने पुस्ताले पनि सिकोस भनेर । आर्थिक क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा नेपालको पत्रकारितामा होस बा राजनीतिमा आज देशको चेतना अगाडि बढ्नुका पछाडि गणेशमान सिंह लगायतका नेताहरुको भूमिका रहेको छ । तर हामीले हाम्रा नेताहरुलाई आजको नयाँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौं । समाज परिवर्तनको इतिहासमा त्यसलाई नेतृत्व दिने नायकहरुका बारेमा आजको पुस्ताले स्मरण गर्न सकेन भने भोलि त्यो पुस्ताले देशलाई नै भुल्न सक्छ । आज बी पी कोइराला किसुनजी र गणेशमान सिंह गिरिजा प्रसाद र महेन्द्रनारायण निधि सी के प्रसाई को स्मरण कुन रुपमा गर्ने नेपाली समाजले ? यो बहस अरुले नगरे पनि प्रजातन्त्रबादीले गरिरहनु पर्छ । नेपाली राजनीतिको अहिलेको सबैभन्दा फोहोरी खेल के हो भने कुर्सीका लागि आफ्नो सिद्धान्त र विचारलाई जताततै सिधै बलि चढाइएको छ । े गणेशमान सिंहले जन्माएको कांग्रेस पार्टीका नेता तथा कार्यकर्तादेखि लिएर अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले गणेशमान सिंहबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ राजनीतिका पात्रका रुपमा ।आज गणेशमान बिचारलाई अनुसरण गर्दै उनीहरुले देश बिकासकालागि एजेण्डाहरुमा बहस गरुन केबल कुर्सीकालागि मात्र होइन । २०४६ सालको जनआन्दोलन तथा तत्कालिक राजाले प्रधानमन्त्रीको पद प्रस्ताव गर्दा अस्वीकार गर्ने गणेशमान सिंह सगरमाथाको देशका एउटा गौरवपूर्ण राजनेता थिए जसले राजनीतिको मिसन केबल शक्तिशाली प्रधानमन्त्री होइन भन्ने कुरा नेपाली राजनीतिक इतिहासमा स्थापित गरिदिए । जसले आफु पछाडि हटेर भए पनि आफनो सहयोगी किसुनजीलाई प्रधानमन्त्री बनाएर भएपनि देशमा २०४७ सालको सबिधान ल्याए । नेपालको इतिहास पढ्ने भोलिका विद्यार्थीहरुले यो देशमा प्रधानमन्त्रीको पद अस्वीकार गर्ने नेताहरु पनि जन्मेका थिए भनेर नेपालको इतिहास पढ्दा नेपाली राजनीतिका यी पात्रहरुमाथि कति गौरव गर्लान् ? यो नेपालको लागि एउटा सगरमाथा पछि अर्कौ गौरबगाथा हुने छ उनी नेपालका गान्धी नै थिए जसले बिना हतियार निरंकुशतालाई पराजित गरेका थिए । यो केबल आजको दिनको अनुमान मात्र हो तर यो नेपाली राजनीतीकालागि एउटा गुरुमन्त्र पनि हो जहा राजनीति गर्नेले पदमात्र लिने होइन अरुलाई दिन पनि सक्नु पर्छ भन्ने सन्देश दिएको छ । तर भोलिका दिनका लागि यो नेपालको इतिहासका एउटा गौरवपूर्ण गाथा हुनेछ बास्तबिक अर्थमा उनी राजनीतिको दौडमा भागलिएका तर पद नलिएका नेपालका गान्धी नै थिए । गणेशमान र किसुनजीबाट आजका नेताहरुले कुर्सीका लागि मरिहत्य गर्ने चिन्तनलाई आफै भित्र परास्त गर्न सकुन् त्यतिमात्र होइन् यो भूमि यहाँ बस्ने सबै जातजाति र भाषाभाषी र भूगोलबासीको पनि देश हो भन्ने कुरा गणेशमान सिंहले धेरै पहिले उठाएको र आर्थिक क्रान्तिको आवश्यकता रहेको गणेशमान सिंहको विचारलाई आजका दिनमा पनि बुझेर लागु गर्न सकिएको छैन ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मात्रिका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला,महेन्द्र नारायण निधि, मनमोहन अधिकारी, पुष्पलाल सीके प्रसाई , सरोज प्रसाद कोइराला , दिबान सिंह राई , योगेन्द्रमान शेरचन , राम नारायण मिश्र, परशुनारायण चौधरी मदन भण्डारी गजेन्द्रनारायण सिंह भीम बहादुर तामाड धीर बहादुर गुरुड दुर्गानन्द झा लगायतका धेरै ज्ञात अज्ञात शहीद र राजनेताहरुको भूमिका रहेको छ यीनीहरु इतिहासका सम्मानित पात्रहरु ह्ुन । तर हामीले हाम्रा नेताहरुलाई आजको नयाँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौं जुन आजको ठूलो कमजोरी पनि हो । यो इतिहासले हामीलाई छाडेको दयित्व पनि हो । समाज परिवर्तनको यात्रामा त्यसलाई नेतृत्व दिने नायकहरुका बारेमा आजको पुस्ताले स्मरण गर्न सकेन भने भोलि त्यो पुस्ताले देशलाई नै भुल्न सक्छ । जब समाजले देशका नायकहरुलाई भुल्न थालिन्छ त्यतीबेला देशको इतिहास पनि बेचिन्छ इतिहास बेच्नेहरुले देश बनाउन सक्दैनन देश बनाउने नारा केबल आडम्बर मात्र हुनेछ । एउटा युवाहरुको जमातले बुझनु पर्ने कुरा के हो भने गणेशमान सिंह सबै नेपाली नागरिकका नायक थिए उनी कूर्सीको खेलका खेलाडी थिएनन तर देशले आज पनि उनलाई बिर्सन सकेको त छैन तर उनको बिचारलाई सही अर्थमा बृुझने पुस्ताको भने आज अभाब भएको देखिन्छ । गणेशमान सिंहका बारेमा कतिपयले नजिकबाट बुझेर धारणा बनाउने गरेका छन् भने कतिपयले नबुझेर प्रतिक्रिया दिने गरेका छन् । जसले बुझेर आफ्ना धारणा बनाउने गरेका छन् उनीहरु गणेशमान सिंहको निजी जीवनबाट धेरै प्रभावित छन् । गणेशमान सिंहको जीवनबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुले कति सिक्न सके ? कति सिक्न सकेनन् ? त्यो त अहिले नै विश्लेषण गर्ने समय भइसकेको छैन । किनकी कांगे्रसमा आजका दिनमा बदलिएको राजनीतिले त्यो बाटोलाई अबरुद्ध गरेको छ । कांग्रेसले गणेशमान सिंहको इतिहासका गौरवमय तथ्यहरुमाथि विश्लेषण गर्न सकेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलनका ती नायकहरुका बारेमा आजको नयाँ पुस्तालाई बुझाउन सकेको छैन । जसले नेपाली जनताको क्रान्तिले दिएको प्रधानमन्त्री पद अस्वीकार गरेर आफनो सहयोगीलाई दिएको थियो । नेपाली राजनीतिमा गणेशमान सिंहको भूमिका कति प्रभावकारी रह्यो भन्ने कुरा २०४६ सालको जनआन्दोलनलाई एउटा कमाण्डरको रुपमा नेतृत्व गरेर त्यसको एक वर्षमा संविधान जारी गरेर देखाएपछि पुष्टि भएको छ । त्यसैले गणेशमान सिंहका बारेमा आजको राजनीतिक पुस्ताले धेरै अध्ययन गर्न बाँकी छ गणेशमान आज कुनै सामान्य मान्छे होइन उ एउटा युगको बिचार पनि हो भन्ने कुरा स्थापित नभएसम्म नेपाली राजनीतिले ठीक बाटो लिने छैन । । किनकी गणेशमान सिंहलाई जुन बेला प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको थियो । त्यसलाई समेत सहज रुपमा अस्वीकार गरेर नेपाली राजनीतिमा एउटा त्यागको इतिहास राजनेताका रुपमा गणेशमान सिंहले स्थापित गर्नु भएको थियो । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि गणेशमान सिंहको एउटा मात्र लक्ष्य देखिन्छ
। आज देशमा धेरै नायकहरुका नाममा स्मृति ग्रन्थहरु बनेका छन्, सालिकहरु बनेका छन् । संग्रहालय बनेका छन स्मरणहरु गरिएका छन् । तर तीमध्येका एउटा महानायक गणेशमानसिंह थिए भन्ने कुरा बुझेनका लागि यो पुस्तालाई पनि केही समय लाग्न सक्छ । किनकी राणा शासन हटाउनका लागि उनले गरेको त्याग र बलिदान केबल यी साधारण पंक्तिहरुमा उल्लेख गर्न सकिदैन । उनले राणा शासनपछिका तीनवटा राजासँग संघर्ष गरेको कुरा इतिहासकारहरुले कसरी सुरक्षित गर्लान् ? त्यो त अहिलेका लागि इतिहासकारहरुलाई नै छाडि दिउ यद्यपी नेपाली जनताले गणेशमान सिंहको इतिहासलाई देशले जन्माएको एउटा लौहपुरुषका रुपमा स्मरण गर्ने छन् । हिजोका गणेशमान कसैसंग झुकेनन र अगाडि बढे बढिरहे । यद्यपी दुःखको कुरा उनका अनुयायीहरुले यो कुरालाई बुझ्न सकेनन् । त्यसैले जीवनको अन्तिम क्षणमा उनी अरुसँग होइन् आफ्नै भन्ने सँग पनि असन्तुष्ट रहे । एउटा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने नायकले देशमा आर्थिक तथा सामाजिक क्षेत्रमा क्रान्तिको आवश्यकता महसुस गरेका थिए । तर पीडाको कुरा के भने देशमा जातीय सद्भाव लगायत आर्थिक क्रान्तिका कुरालाई महत्व दिइएन जसको परिणाम हाम्रा अगाडि छर्लङ्ग छ नया संबिधान आएपनि । गणेशमान सिंह बास्तबिक अर्थम सबै नेपाली समाजका जात जाती र भाषा भाषी सबै भूगोलका नेता थिए । उनी हिमाल देखि तराइसम्म सबैका नेता थिए आज समयले गणेशमान जस्तै राजनेता खोजिरहेको छ जसले देशलाई नै परिवार ठानोस परिवारलाई देश होइन । के देशले गणेशमान जस्तै दृष्टिकोण भएको पदको लोभ नगर्ने देशको सामाजिक राजनीतिक आर्थिक एजेन्डाका बारेमा चिन्तित नेताहरुलाई भेटाउला ? यो प्रश्नको जबाफ समयले नै दिनेछ । आजको गणेशमान ब्यक्ति पूजाको पात्र होइन बिचार पुजाको नायक हो त्यसैले गणेशमान सिहलाई एउटा राजनेताकारुपमा होइन बिचारक रुपमा स्मरण गरौं । जसले जेलका यातनालाई जनताको मुक्तिकालागि समर्पण गरिरहयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?