तनुश्रीले भनिन्— नाना पाटेकरले यौन दुब्र्यवहार गरेपछि फिल्म छोडे


मुम्बई: बलिउडकी नायिका तनुश्री दत्तले आफुलाई अभिनेता नाना पाटेकरले यौन दुव्र्यबहार गरेको आरोप लगाएकी छिन् । आशिक बनाया आपने, ढोल, चकलेटलगायतका फिल्ममा अभिनय गरेकी तनुश्रीले घटना भएको १० वर्षपछि उक्त आरोप लगाएकी हुन् । तनुश्रीका अनुसार नाना पाटेकरले हिन्दी चलचित्र हर्न ओके प्लीजको सेटमा उनलाई दुव्र्यवहार गरेका थिए । फिल्म निर्माता सामी सिद्धिकी, निर्देशक राकेश सारंग र गणेश आचार्य  नानाकै पक्षमा लागेका थिए । तनुश्रीको भनाई अनुसार डान्सको स्टेपमा नाना पाटेकरले कोरियोग्राफरलाई हटाउदै उनको जीउमा  छोएका थिए । नाना उनलाई कहिले आफु तीर तान्थे त कहिले इन्टीमेट सिनका लागि दवाव दिन्थे ।  तनुश्री र नानाविच विवाद भएपछि तनुश्रीको बाले आफ्नो छोरीले फिल्म नखेल्ने बताएपछि निर्देशकले तनुश्रीको सट्टामा राखी सावन्तलाई अभिनय गराएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?