यो संविधान संशोधनको विकल्प छैन


रामनरेश राय, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री प्रदेश नं. २

मन्त्री ज्यु कस्तो अनुभव गर्नु भएको छ जिम्मेबारीको नाताले ?
देशमा पहिलो पटक संघीयता लागू भएको छ । मैले मात्र होइन सबैलाई नयाँ अनुभव भएको छ । नियमित रुपले तलदेखि माथिसम्म नयाँ अनुभव भएको छ । यो संघीयताको लागि वर्षोदेखि नेपाली जनताले आन्दोलन गरेका थिए । त्यो आन्दोलनको फलस्वरुप अहिले जनताले संघीयता प्राप्त गरेको हुने यो आन्दोलनमा धेरैले सहदात प्राप्त गरेको थिए । वीर शहीदहरूलाई सम्झिन चाहन्छु । जसले आजको अबस्था ल्याउनका लागि योगदान दिए ।

प्रदेश नं. २ को पर्यटन विकासका संभावना के के हुन् ?
पर्यटन विकासको निमित्त नयाँ नयाँ योजनाहरू छन् जस्तो, कि पहिला त प्रदेश नं. २ मा पर्यटकहरू आउनु पर्यटकीय स्थलहरू कुन कुन हो , त्यो हाम्रो राज्यसँग सूची नै छैन । सिमित रुपमा २÷४ वटा प्रदेश नं.का नाम लिन्छन्, फलानो फलानो त्यसकारण हामीले पहिला पर्यटकीय स्थलहरूको सूची निर्माण गर्दै छौं । त्यसको प्रचार प्रसारमा हामी लागेका छौं । प्रचार प्रसार प्रदेशमा मात्र होइन देश लगायत दुनियालाई पनि बताउन की यहा यो थाक थलो हरूछन् । ऐतिहासिक धरोहरूहरू छन् त्यसको हामी प्रचार प्रसार गर्दैछौं र सबै ठाउँमा, इन्डिया देखि नेपालसम्म पर्यटनलाई जोड्ने काम गर्दछौं । जोड्ने भन्नाले हामीहरूले , संघीयता आउनभन्दा अगाडि प्रदेश सरकार बन्न भन्दा अगाडि अयोध्या र जनकपुर बस चलिरहेको थिएन, त्यसलाई संचालन गरेको छौं ।

प्रदेश नं. २ को सरकारले बेटी बचाओ बेटी पढाओ कार्यक्रम सुरु गरेको छ यसमा जनमत कस्तो छ ?
यो यस्तो काम छ यस्तो कार्य छ त्यसमा जनता नकारात्मक हुने कुरा नै छैन । बेटी बचाउ बेटी पढाउ यस्तो कार्यक्रम हो यस्तो अभियान हो । यो अभियानलाई दुनियाँले सरहना गरेको छ र त्यसमा अब हामी परिमार्जित गरेर यो कार्यलाई अगाडि बढाई रहेका छौं । बेटी बचाउ बेटी पढाउ यति लोकप्रिय कार्यक्रम देश दुनियाँबाट राम्रो काम भनेर धन्यवाद आइरहेको छ र यो देशमा यस्तो राम्रो काम संघीय सरकारले पनि गरेको थिएन त्यो काम प्रदेश सरकारले यो अभियान चलाएको छ क्रमिक रुपमा हामीहरू अगाडि बढछौं र धेरै सराहनिय काम हो । नेपालमा कसैले गरेको थिएन त्यो अभियान प्रदेश नं. २ ले शूरु गरेको छ । हामी यो कुरामा गौरब गर्छौ कि हामीले यसलाई अगाडि बढाएका छौं ।

अहिलेको संवैधानिक व्यवस्थामा प्रदेश सरकार कमजोर गरिएको छ यो संघीयता विरोधी षडयन्त्र हो भनिन्छ नि ?
जुन खालको कर लगाइएको छ त्यस किसिमको कर दोहोरो, तेहेरो जनताले खेप्न सक्दैनन, कर को नीति एउटा हुनुपर्दछ र यस्तो सुलभ ढंगमा जनताले सबै थोक पाउनु पर्दछ । जनताको चाहना त्यो हो । जनता त्यसका लागि लडेको हो । तिन ठाउँको कर दिनको लागि, स्थानीय निकाय, प्रदेश र केन्द्रको एउटै वस्तुमा छुटाछुट्टै कर तिर्नेको लागि जनताले आन्दोलन गरेको छैन । तर यस्तै गरी कर लगयो भनि निश्चित रुपले त्यो संघीयतालाई वदनाम गराउने काम हुने छ । त्यो बेला जनताले यो संघीयता हाम्रो मुलुकमा चाहिदैन भन्ने बाध्यता बनाउनेको लागि यो काम भइरहेको छ । हामीले चाहान्छौ कि जनतालाई यस्तो सुलभ रुपमा सबै कुरा उपलब्ध गराओस्, जनताको कर माफ गर्ने, बैंकको ऋण माफ गरिदिने, विजुलीको कर कम गरिदिने लगायतका अभियान, दुनियामा चलिरहेको छ त्यसको बदलामा नेपालमा तिन तहले कर लगाउने अनि जनताले तिर्ने त्यो हुनु हुँदैन । जनतामा सार्बभौमसत्ता जनतामा छ, यो सर्वोव्यापी हो । जनता सरकारको निर्माण गर्दै सबै सरकार स्थानीय प्रदेश र केन्द्र सरकारको त्यही सरकारको निर्माण जनतावाद भएको छ ।

जनकपुरलाई विश्वका लगभग डेढ अर्ब हिन्दूको आस्थाको केन्द्र बनाउने तपाईसँग के योजना छन् ?
यो प्रकृतिले बनाएको हो । हामीले त्यसको प्रचारप्रसार गर्ने हो हाम्रो आफ्नो क्षमता अनुसारको त्यसलाई मर्मत संभार गर्ने हो । विश्वको आस्थाको केन्द्र जनकपुर प्रकृतिकले बनाएको हो । त्रेता युगले बनाएको हो । हामीले बनाएको होइन् । हामीले त यसको प्रसार प्रसार गर्दछौ र यो विश्वको एउटा आस्थाको केन्द्र छ । यसमा जो पर्यटक आउनु हुन्छ उहाहरू हामीहरूकोे,देवता हो । मिथिलामा एउटा कहावात छ ‘अतिथि देवो भव’ जुन अतिथि यहाँ आउनुहुन्छ उहाँ देवता समान हुनुहुन्छ उहाँलाई हामी आदर, सर्तकार र सम्मान गर्दछौं र सम्पूर्ण कोणबाट उहाँलाई सम्मान, सेवा सुरक्षा गर्नु पर्दछ । त्यो प्रकृतिले बनाएको धरोहर हो यसको प्रचार प्रसार भइरहेको छ । हामीहरू त्यसमा लागि परेर काम गरिरहेका छौं । मर्मत संभार गर्ने जे जति क्षमता प्रदेश सरकारको छ त्यस अनुसार गरि रहेका छौं । यो प्रदेश प्रकृतिले बनाएको प्रदेश हो पर्यटक आउनु र आकर्षित हुनु स्वभाविक हो । त्रेता युगमा राम सिताको विवाह भयो यहाँ, जनकपुरमा, जहाँ सिता जीको जन्म भयो जनक जिले हलो चलाउनु भो पृथ्वीबाट सीता जीको उत्पत्ति भयो, मातासीताजी को जहाँ जन्म भएको छ जहाँ भगवान राम आएर बिबाह गर्नु भएको छ । दुनियाँको आकर्षण बढेको छ । यसलाई कसरी विकास गर्ने हो, प्रदेश नं. २ को विकास हुनु भनेको देशको विकास हुनु हो । यो प्रकृतिकले बनाएको हो राज्यले पनि इमान्दारिका साथ विकास गर्नु पर्छ ।

प्रदेश नं. २ मा आउने पर्यटकलाई आकर्षित गर्ने के योजना छ ?
प्रदेश नं. २ मा यतिका धरोहर छन् सप्तरी जिल्लादेखि पर्सा जिल्लासम्म सबै ठाउँमा एक दिन यदि आउनु हुन्छ भने सबै ठाउँमा हेर्ने पर्यटकको जिज्ञासा हुन्छ, सप्तरीको कङकालिनी मन्दिर सप्तरीको छिनमस्ता भगवती, सिराहाका मन्दिर, यहाँ जनकपुरको जानकी मन्दिर, त्रेता युगमा राजा जनकले सीताको विवाहाको लागि जुन धनुष राख्नु भएको थियो जुन धनुषलाई योद्धले तोडदिन्छ उनी सँग सीताको विवाह हुन्छ, अयोध्यायबाट भगवान राम आउनु भयो धनुषलाई तोड्ने भो, त्यस टुक्रा धनुष धुषाधाममा अहिले पनि अवस्थित छ । महोत्तरी जिल्ला बाबा जलेश्वर छन्, रौजामयार छ । कालिकाथान छन्, सोनामाई, थानछन्, सर्लाहीमा बेहुला सु्तिको घरोहर छन, लगायत प्रत्येक जिल्लामा पर्यटकीय धरहोर छन् । सबै ठाउँमा जान आउन बस्ने ठाउँ छन् । यी पर्यटकीय स्थानको लागि हामीहरू निरन्तर संवादको माध्यमबाट पर्यटन प्रवर्धनको लागि स्थानीयबासी, बुद्धिजीवी लगायत अन्य वर्गाका मानिसहरूसँग छलफल गरिरहेका छौं ।

प्रदेश नं. २ मा आउने पर्यटकलाई आकर्षित गर्ने के योजना छ ?
बस सञ्चालन भइरहेको छ । पटना जनकपुर अयोध्या जनकपुर पनि चलेको छ केही समय अगाडि काठमाडौंमा प्रदेश स्तरको पर्यटन मन्त्रीहरूको बैठक भएको थियो । अरु प्रदेशबाट पोखरा, मुक्तिनाथ लगायत ठाउँहरूबाट हवाई संचालनको पनि कुरा गरेका थियौं, पटनाबाट जहाज आउने जनकपुर, जनकपुरबाट जाने यस किसमको योजनामा हामी लागेका छों निकट भविष्यमा पटना जनकपुर नै सञ्चालन हुने छ । अन्तरिक पर्यटन प्रवद्र्धनको लागि पनि सबै हातेमालो गर्ने लक्ष्य बनाई राखेका छौं ।

मधेशका जनताको संविधान संशोधनको माग अझै पुरा भएको छ्रैन फेरि पनि मधेश झुक्किने त होइन् ?
जुन माग मुद्दा राखेर जनताले आन्दोलन गरेको थियो ,र सहादात प्राप्त गरे त्यो मुद्दा अहिले पनि यथावत छ । विशेष परिस्थितका कारण, निर्वाचन रहित मुलुक रहन सक्दैन, देश दुनियाँ सबैलाई यो राज्यले संविधान सम्बोधन गर्ने तयार छौं भन्यो, र अरुले पनि त्यो मुद्दा यथावत छ, विगत यही २०७५ अश्वीन ३ गते मधेशका पुरै जनताले, दलित, मुस्लिम, थारु, मधेशी, महिला सबैले असन्तुष्टि जनाएको थियौ । संविधान जनताको हुन्छ सबैको मन बुझेर यो संविधानलाई शंशोधन गरिनु पर्छ । जनताको अभिमतलाई कदर गरेर सबैको संबिधान बनाउनु पर्छ ।

मधेशी पार्टीहरू संविधान दिवसमा विभाजित भए यसले मधेश आन्दोलन कमजार भयो भनिन्छ नि ?
मधेशी पार्टीहरू यदि कमजोर आएको भए यो प्रदेश नं. २ मा किन सरकार बन्यो मधेशी पार्टीको, तर एउटा कुरा छ आन्दोलन अगाडि पछाडि भइरहन्छ, आन्दोलनको स्वरुप परिवर्तन भइरहन्छ सरकार हामी संविधान संशोधन गर्न तयार छौं भनेपछि, स्थानीय तहको निर्वाचन, गराउन पर्छ । संविधान संशोधन हुन्छ भनेर त्यसैले यो कुरालाई राज्यले कमजोरी ठान्नु हुँदैन । एउटा सलाईको सिन्काले पुरा जंगल डढाउंछ , स्वर्गीय गजेन्द्रनारायण सिंहले मधेशवादको कुरा ल्याउनु भो, यो कुलाई सारा संसारले मानेको छ कि सबैको भावनालाई कदर गरेर संविधान सम्बोधन गरिदिनु पर्छ । त्यसैेले कुनै मागको नजर अन्दाज गर्नु हुँदैन । समयमा यस्को उपचार खोजिनुपर्छ नत्र क्यान्सर लाग्छ, क्यान्सर लाग्यो भनि अङ्ग नै काटेर फाल्नुपर्छ । नजर अन्दाज गर्छ भने सबैको हातबाट निस्कन्छ मुलुकलाई बचाउनको निमित्त एक मात्र विकल्प संविधान संशोधन हो । संविधान संशोधन गरेर यो मुलुकलाई जोगाउनुपर्छ ।

उधोगको बारेमा कसरी अगाडि बढिरहनु भएको छ त ?
उद्योगको जे जति नीति छ त्यो केन्द्रमा छ । संघीयता त आयो “ये राज तुमरा हुकुमत हामरा । हिन्दी कावत जति उद्योग छ प्रदेश नं. २ मा छन र २ को जनताले सास्ती भोगि रहेको छन । तर त्यसको शासन काठमाडौंबाट हुन्छ । भन्नलाई त भनियो सिंहदरबारको अधिकार गाउँमा । प्रदेश नं. २ मा एउटा मात्र औद्योगिक क्षेत्र छ गजेन्द्रनारायण औद्योगिक क्षेत्र संघीय सरकारको बजेट छ लाख मात्र छ यो कुरा भन्न पनि लाज लाग्दो छ । तर प्रदेश सरकारको तर्फबाट मैले औद्योगिक क्षेत्रलाई ४० लाख तोकेको छु । लावारिस तरिकाले उद्योगहरू संचालन भएका छन् । त्यसकारण प्रदेश सरकारलाई पूर्ण रुपमा स्रोत र साधनहरू उपलब्ध गराउन पर्छ । प्रदेशमा उद्योग प्रदेशको अधिकार प्रदेशलाई दिनु पर्छ । संघको अधिकार संघले लिनुपर्छ, स्थानीय तहको अधिकार स्थानीय तहले लिनुपर्छ । सबैले आ–आफ्नो ठाउँमा एककृत भएर देश विकासमा लाग्नु पर्छ । देश समृद्धि बनाउन लाग्नु पर्छ । यो तेरो, यो मेरो गर्दा गर्दै अधिकार नदिने आफूमा राखिराख्ने, अब त्यो जनता होइन, केन्द्रकृत शासन त अब हुँदै हुँदैन । सबैको समानताको अधिकार होस् ।

सीमरा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले मधेश प्रदेशमा पर्यटनको विकासको सम्भावना बढाउँदैछ भनिन्छ यसमा तपाईको विचार ?
राज्यलाई म के भन्न चाहान्छु भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको छ । कम्पनीकोे कुनै जानाकारी छैन । डिपिआर भएको छैन । कसैले भन्छ सुनेको भरमा तर म वन मन्त्री पनि छु । कुनै आधिकारिक रुपमा जानकारी छैन् । यो वन सम्पत्ति प्रदेश सरकारको हो, प्रदेशका जनताको सम्पत्ति हो । वर्षदेखि जोगाएर आएको जुन वन छ त्यो हचुवाको भरमा कटान हुन्छ भने त्यो जनताले सहन सक्दैनन, यदि त्यहा २ किमी ४ किमीको खाली जग्गामा खाली ठाउँ हुन्छ भनी त्यहाँ एयरपोर्ट बनाउन् सकिन्छ । जंगल नै काट्नु पर्ने हुँदैन । अर्को रेलमार्ग बनाएको छ राजमार्गको १०० मिटर मा जंगल काटेर बनाउन जरुरी छैन । १ किमी मा जंगल काटेर बनाउन जरुरी छैन । यदि १ किमी दक्षिण सारेमा त्यो खाली जग्गाबाट जान्छ ।

अन्त्यमा भन्न बाँकी केही भए बताइदिनुस् न ?
मधेशमा षडयन्त्र गरी रहेको छ सरकारले हरियो वन नेपालका धन जंगललाई सिध्याउने षडयन्त्र गरिरहेको छ । मधेशमा हाम्रो आग्रह त कि खाली जग्गामा एयरपोर्ट बनाउन पर्ने, धेरै ठाउँमा खाली जग्गा छ । अहिले पनि सिमराको एयरपोर्ट यथावत छ यसको विस्तार गर्न हुने यो विस्तारमा जंगल काट्न पर्दैन । अरु अरु जिल्लामा महोत्तरी, सर्लाह, बारामा ठाउँ खोजेर बनाउन पनि सकिन्छ । जुन टोलीले एयरपोर्ट बनाउन ठाउँ खोज्यो ८ वटा ठाउँमा ७ वटा ठाउँलाई गोप्य राखेको छ । हामी आग्रह गर्न चाहन्छु कि त्यो ७ वटा ठाउँ कुन कुन हो सार्वजनिक गर्न प¥यो । २४ लाखदेखि २८ लाख रुख काट्दैछन , दिल्ली, बिमानस्थल २०७० हेक्टरमा छ नेपाल साढे ८ हजार हेक्टरमा बन्छ । हामी विकासको विरोधी होइनौ तर ् वातावरणलाई पनि जोगाएर एयरपोर्ट निर्माण हुनु प¥यो भन्ने जनताको आबाजलाई पनि सुनिनु पर्छ । कुरा यति मात्र हो ।
प्रस्तुतिः प्रबिन भुसाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?