पाकिस्तानकै कारण सार्क भंग हुने !


भारत र पाकिस्तानबीच न्युओर्कमा हुने भनिएको बिदेश मन्त्री स्तरीय बार्ता रद्द भएको छ र त्यो बार्ता भंग भएपछि भारतको बिदेशी मन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकबादी निर्यातकर्ता देशका रुपमा ब्याखा गरेकी छन । सबैलाई थाहा छ आजका दिनमा पाकिस्तान आतंकबादीहरूलाई निर्यात गर्ने देशका रुपमा बदनाम छ अफगानिस्तान र भारतमा उ आजको दिनमा बिश्व राजनीतिक रगमन्चमा एक्लिएको छ । त्यसैले यो बार्ता त्यो अबस्थामा रद्द भएको छ जुन अबस्थामा पाकिस्तानमा नया इमरान सरकारसंग सम्बन्ध सुधार हुने आशा हरू बढेका थिए । तर त्यसको बिपरित दुई देशबीच सीमा क्षेत्र कश्मीरमा तनाब यथावत रहेको छ , भने कश्मीरमा आतंकबादी मानिएका र गतबर्ष भारतीय फौजबाट मारिएका बुराहन बानीलाई कश्मीरी स्वतन्त्रता सेनानीको पगरी गुथाउदै पाकिस्तानी सरकारले उनको नाममा टिकट जारी गरेको छ त्यो टिकट ,हालै जारी गरिएका पाकिस्तानका २० टिकटमा समाबेश गरिएको थियो र , यो घटना त्यस्तो बेलामा सार्बजनिक भएको हो जुनबेलामा पाकिस्तानमा नया नेता इमरान खानको उदय भएको छ तर उनलाई पनि पाकिस्तानको सेनाले नियन्त्रण गरेको र उनी पाकिस्तानमा सेना र त्यहाको आइएसआईको नियन्त्रणमा रहेको पुष्टि भएको छ यो घटनाले । कश्मीरमा पाकिस्तानी सेनाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको शब्दमा आतंकबादलाई खुल्ला रुपमा सहयोग गरिरहेको छ उ आतकबाद निर्यातक देश हो र पछिल्लो समयमा भारतीय तीन प्रहरीलाई पाकिस्तानी सेनाले अपहरण गरेर क्रुर यातना दिइ हत्या गरेको यो घटनामा पाकिस्तानले मानबता बिरुद्धको अपराध नै गरेको छ यो आरोप काल्पनिक होइन यो वास्तबिक आरोप हो । पछिल्लो समयमा न्युओर्कमा हुने भनिएको बिदेशमन्त्री स्तरीय बार्ता रद्दको कारण पाकिस्तानी नया सरकारको आतंकबादी समर्थक नीति नै एउटा बलियो कारण हो । त्यसो त यो घटनापछि आएको पाकिस्तानी प्रधानमन्त्री इमरानको खानको टिप्पणीले उनको प्रधानमन्त्रीको स्तर कायम नभएको र उनको यो घटिया शैली हेर्दा भारत पाकिस्तानबीच तत्काल कुनै बार्ताको सम्भावना छैन । इमरान खानले आफनो पछिल्लो टवीटमा भनेका छन मैले जीवनमा यस्ता धेरै साना मानिसलाई भेटेको छु जो ठूलो अफिसमा ठूलो कुर्सीमा बसेका हुन्छन तर उनीहरूसंग धेरै अगाडि देख्ने दुरदर्शी सोचको अभाव छ । इमरानको यो टिप्पणीलाई लिएर भारतमा सत्तापक्ष मात्रै होइन बिपक्ष पनि उनको आलोचनामा ओर्लिएको छ ।
आजको पाकिस्तान बिश्वका धेरै देशबाट एक्लिएको छ । सार्क जस्तो क्षेत्रीय संगठन उसको आतंकबादी निर्यात गर्ने नीतिका कारण संकटमा परेको छ । सार्कलाई अगाडि बढाएर क्षेत्रीय रुपमा यसको उपयोगितालाई बढाउन सकिने अबस्थाहरू थिए तर त्यसमा पाकिस्तानको कश्मीरमा आतंकबादीलाई सघाउने नीति बाधक भएको छ र यो नै भोलिका दिनमा सार्कको औचित्य समाप्त हुने कारण बन्न सक्छ त्यसैले सार्कका अरु देशले पनि पाकिस्तानलाई आतंकबादको बिषयमा दबाब दिनु पर्ने अबस्था सृजना भएको छ । आजको दिनमा पाकिस्तान आर्थिक रुपमा पनि कमजोर भएको छ । आतंकबादको मुद्दामा पाकिस्तानको भूमिका सन्तोषजनक नदेखिएपछि अमेरिकाले पनि हिजोको जस्तो सहयोग दिन छाडेको छ आज । चीनले पनि उसको ब्यापारिक स्वार्थ बाहेक अरु कुनै कारणले पाकिस्तानको सहयोग गर्न सक्दैन यो सबैले बुझेको बिषय हो । त्यसैले आजको दिनमा पाकिस्तान अन्तराष्टिय रुपमा पनि दबाबमा छ किनकी उ आज एक्लिएको छ र उसले ठूलो आर्थिक संकटको सामना गर्ने अबस्था आउन सक्छ त्यसमा पनि भारत र अफगानिस्तानसंग उसको सम्बन्ध निरन्तर बिग्रनु भनेको उसकालागि ठूलो क्षति हो । पाकिस्तानको नया शासक क्रिकेटको दुनियाका त लोकप्रिय खेलाडी थिए उनको समयका तर राजनीतिमा उनले शुरुमै आतंकबादी बुराहुन बानीको नामको टिकट जारी गरेर राजनीतिक रुपमा उल्टो ब्याटिड शुरु गरेका छन आशा गरौ उनले त्यो कदमलाई एउटा गल्तीका रुपमा स्वीकार गनेछन । पाकिस्तानले सिकाएको पाठ के हो भने त्यहा जनप्रतिनिधिहरूले शासन गर्दैनन र सेनाले त्यहाको राज्यसत्ता निरन्तर नियन्त्रण गर्छ । आजको दिनमा त्यो अझ बढदो रुपमा नै रहेको छ । त्यसले पनि भारत पाकिस्तान सम्बन्ध सामान्य रुपमा अगाडि बढेको छैन । पाकिस्तानले आतंकबादलाई सघाउने प्रतिबद्धता ब्यबहारमा नदेखाउने हो भने अरु कुरा त यस्तै रहला सार्क संगठनको औचित्य भने समाप्त हुने लगभग पक्कै जस्तो छ । यदि सबैमा चेतना छ भने सार्कका देशले पाकिस्तानमाथि आतंकबादको बिषयमा दबाब बढाउनु पर्छ अब यो समय आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?