नेपाल र माल्दिभ्स भिड्दै


काठमाडौं : साफ यु–१५ च्याम्पियनसिप बुधवार (आज) बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। नेपालका प्रशिक्षक सनोज श्रेष्ठले बुधबार माल्दिभ्सको सामना गर्दा सुखद नतिजाका  साथ साफ यु–१५ च्याम्पियनसिपको सुरुआत गर्ने बताएका छन्। कार्तिक १७ सम्म संचालन हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?