‘सबैले कुल्ची हिँड्थे’ मा प्रियंका र पुष्प पहिलो पटक एकसाथ


काठमाडौंः चर्चित अभिनेत्री प्रियंका कार्की र पुष्प खड्का पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा देखिएका छन् । ‘सबैले कुल्ची हिँड्थे’ बोलको गीत माथि बनेको भिडियो यी दुबै कलाकार एकसाथ देखिएका हुन् । सुरज मानन्धरको स्वरमा रहेको उक्त गीतमा आनन्द अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको छ । गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त गरेको छ । निकेश खड्काले निर्देशन गरेको उक्त भिडियोलार्इ बुद्ध थापाले छायाँकन गरेका छन् भने विकाश धमलाले सम्पादन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?