सिंगापुर जाँदै मिसेज नेपाल


कठमाडौं: मिसेस नेपाल इन्टरनेसनल २०१८ र २०१७ तथा मिसेस नेपाल ग्ल्याम २०१८ का विजेताले सिंगापुरमा हुने विवाहित महिलाहरूबीचको अन्तर्राष्ट्रिय सौन्दर्य स्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ अलाइजा महर्जनले नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार यी प्रतियोगिताका विजयीहरुले आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुने मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीहरूले स्पर्धा गर्ने प्रतियोगिताका विजयीहरु शनिबार सिंगापुर लाग्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?