दीपिका र दुलहा बनेका रणवीरको विवाहको पहिलो तश्बिर बाहिर आए


‘राम-लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ फिल्ममा काम गरिसकेका दीपिका पादुकोण र रणवीर सिंहको विवाह भएपछि उनका करोडौं शुभचिन्तकहरु उनीहरुको पहिलो झलक हेर्न व्यग्र प्रतिक्षामा थिए । तर, अब त्यो प्रतिक्षा पूरा भएको छ । दुलही बनेकी दीपिका र दुलहा बनेका रणवीरको विवाहको पहिलो तश्बिर बाहिर आएको छ ।
सिन्धी र कोंकणी रितिरिवाजबाट विवाह गरेका उनीहरु अब पति-पत्नी भएका छन् । विवाहलाई प्राइभेट राखिएको थियो । दुबैले रितिरिवाजबाट विवाह भएपछि पहिलो पटक अफिसियल रुपमा तश्बिर शेयर गरेका हुन् । तश्बिरमा दीपिका रातो पहिरनमा निकै सुन्दर देखिएकी छन् । रणवीर सिंहलाई पनि सेतो र रातो पहिरन निकै सुहाएको छ ।
तश्बिरमा दुबै निकै खुसी देखिएका छन् । उनीहरुको तश्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । विवाहको दुई तश्बिर अलग-अलग रितिरिवाजको दौरान कैद गरिएको हो । रणवीर-दीपिकाले आ-आफ्नो इन्स्टा अकाउन्टमा २ वटा एउटै तश्बिर शेयर गरेका छन् । क्याप्सनमा दुबैले लभको इमोजी बनाएका छन् ।
पहिलो पटक १४ नोभेम्बरमा बुधबार बिहान ७ बजे दीपिकाको परिवारको मान्यता अनुसार विवाह भएको थियो । पछि १५ नोभेम्बरमा रणवीरको परिवारको मान्यता अनुसार सिन्धी रितिरिवाजको पालन गर्दै दीपिका र रणवीर एकअर्काको भएका हुन् । बलिउडका यी चर्चित जोडीले विवाहभन्दा अगाडि करीब ६ वर्ष डेट गरेका थिए ।
यी दुईले इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा विवाह गरेका हुन् । खबरअनुसार, विवाहमा ४० जना पाहुना थिए । रणवीर र दीपिकाले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?