मधुमेह र पेटको रोगको प्राकृतिक निदान मन्डुकासनः कसरी गर्ने ?


कुनैपनि रोगको निदान प्राकृतिक विधीबाट खोज्न सकिन्छ । शल्यक्रिया वा औषधीद्वारा गरिने उपचार दिगो नहुन सक्छ । साथै त्यसको साइड इफेक्ट पनि रहन्छ । त्यसैले प्राकृतिक विधी अपनाएर रोगमुक्त हुन सकिन्छ । मन्डुकासन एक त्यस्तै विधी हो ।

योग गर्नेहरुका लागि त यो आसनबारे खासै जानकारी दिनु पर्दैन । किनभने मन्डुकासन सामान्य र अनिवार्य जस्तै मानिन्छ । विभिन्न योगासनका क्रममा मन्डुकासन पनि गरिन्छ । यो आसन सजिलो र जो कोहीले गर्न सक्छन् । बच्चादेखि बृद्धबृद्धासम्मले मन्डुकासन गर्न सक्छन् ।

मन्डुकासन किन गर्ने त ?

मन्डुकासनले प्राकृतिक रुपमै शरीरलाई निरोगी बनाउँछ । खासगरी मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता समस्याको भरपर्दो उपचार विधी हो यो । मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा मन्डुकासनले प्रभावकारी काम गर्छ ।

अहिले तपाईं/हामीलाई सताउने समस्या भनेकै, मधुमेह र उच्च रक्तचाप हो । यी दीर्घरोगले हामीलाई न चैनसँग बस्न दिएको छ, न मनलाग्दो खान दिएको छ । अर्को कुरा, यी त्यस्ता समस्या हुन् जसले अन्य रोग पैदा गर्ने खतरा रहन्छ । मुटु, मिर्गौंला जस्ता संवेदनसिल अंगमा क्षति पुर्‍याउने भय रहन्छ ।

योगको बारेमा त भनिरहनु पर्दैन । अहिले यस सम्बन्धी जागरुकता बढेको छ । घर-घरमा योग गर्नेहरुको संख्या बढ्दैछ । नियमित योगले रोगमुक्त, तन्दुरुस्त र खुसी जीवन बाँच्न सकिन्छ । यो वैज्ञानिक पद्धती पनि हो ।

मन्डुकासनको बारेमा चर्चा गरौं । यो प|mग पोज अर्थात भ्यागुता जस्तै पोजमा बसिने आसन हो । यसले समग्र शरीरलाई फाइदा गर्छ । खासगरी पेटको समस्यामा यो रामवाण हुनसक्छ । उच्च रक्तचाप, मधुमेह र कम्मरको दुखाईमा पनि यो लाभदायक हुन्छ ।

के हो मन्डुकासन ?

मन्डुकासनको नामकरण पनि भ्यागुताको पोजबाट भएको हो । यसको अर्थ भ्यागुताको जस्तै पोजमा रहनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?