वाइडबडीको विषय ‘हट केक’ बन्याेः पर्यटन मन्त्री


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउँदै गन्तव्य स्थानको विस्तार गर्न सरकार लागि परेको बताएका छन् ।

निगमलाई कम्पनी मोडलमा लैजाने की रणनीतिक साझेदारीका रुपमा लैजाने भन्ने विषय छलफलकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले संसारका अन्य विमान कम्पनीसँग प्रतिष्पर्धी बनाउँदै लैजाने सरकारी योजना रहेको बताए ।

रिपोर्टस् क्लब नेपाल काठमाडौँमा बुधबार आयोजित साक्षात्कारमा मन्त्री अधिकारीले अनियमितताको नाममा निगमलाई कमजोर पार्न नहुनेमा जोड दिए ।

वाइडबडीको विषय ‘हट केक’ जस्तै भएको भन्दै मन्त्री अधिकारीले २०७१ सालबाटै खरीद प्रक्रिया थालिएकाले सबै काम पहिले नै भएको दाबी गरे ।

निगम ऋणले डुबेको प्रसङ्गमा उनले सरकारले पैसा दिने नभई अब निगमनले कमाएर ऋण तिर्नुपर्ने बताए । वाइडबडी जहाज सञ्चालन नभएको भन्ने आरोप गलत भएको उनको भनाइ थियो ।

मन्त्री अधिकारीले भने, ‘वाइडबडी सञ्चालननै भएको छैन भन्ने भ्रम छ, तर अहिले पनि सात घण्टा सञ्चालन भइरहेकै छ, तर यतिले पुग्दैन, १४ घण्टा चल्नुपर्छ, अन्य गन्तव्यका लागि प्रयास जारी छ ।’

खरीद प्रक्रियामा संसद्को समिति र अख्तियारले छानबिन गरिरहेको तथा मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको भन्दै उनले अनियमितता भेटिए सरकारले कारवाही गर्ने उल्लेख गरे ।

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० मा २५ लाख पर्यटक ल्याउन सक्ने क्षमता रहेको दाबी गर्दै कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने गरी काम गरिरहेको बताउनुभयो ।

उनले विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र भइरहेको र ‘रन–वे’को सुधार हुने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?