रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा विपन्न छात्राको शिक्षाका लागि देविका बन्दना एकल साँझ हुने


काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा बिहीवार साँझ देविका बन्दना एकल साँझ हुने भएको छ । काठमाडौं, नुवाकोट, रामेछाप र काभ्रेका ग्रामीण भेगका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्राको शिक्षाका लागि छात्रवृति एवं अन्य शैक्षिक सहयोग प्रदान गर्न स्रोत जुटाउने उद्वेश्यले कोष निर्माणका लागि एकल साँझ गर्न लागिएको क्लवले जनाएको छ । आइतवार एक पत्रकार सम्मेलनको आयोजना गरि क्लवले उक्त सांगितिक साँझलाई सफल बनाउन सवैमा अपिल समेत गरेको छ । गायिका बन्दनाले नेपाली, हिन्दी र नेवारीका उत्कृष्ट गीत कार्यक्रममा प्रस्तुत गर्ने जनाईएको छ । उनलाई गायक विजेश पौडेलले साथ दिनेछन् । कार्यक्रम बिहीवार नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ साढे पाँच बजे शुरु हुनेछ । रोटरी क्लव अफ त्रिपुरेश्वर सन २००३ मा स्थापना भएको थियो । क्लवको आगामी जनवरी ८ तारिकका दिन स्थापना दिवस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?