बिग ब्यासको दोस्रो खेलमा पनि सन्दीपको सानदार प्रदर्शन


काठमाडौं । सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा सानदार प्रदर्शन गरेका छन् । दोस्रो खेलमा होबार्ट हरिकेन्सविद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि सन्दिपले टोलीको हार भने टार्न सकेनन् ।

आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा बोल्ड गरे । सन्दीपले उक्तमा ओभरमा ५ रन मात्र खर्चिए । त्यस्तै नवौं ओेभरमा सन्दीपले १ चौका सहित ७ रन खर्चिए, कुनै विकेट लिन सकेनन् । जस्मा सुरुवाती ३ बल डट गराए ।

१४ औं ओभरको दोस्रो बलमा सन्दीपले कप्तान तथा विकेटकीपर मैथ्यू वेडलाई एडम जम्पाको हातबाट क्याच गराउदै ५२ रनमा पेभिलिएन फर्काएका थिए । यस ओभरमा एक छक्का सहित सन्दीपले ८ रन खर्चिदै १ विकेट लिए । त्यस्तै १६ ओभरको पहिलो बलमै बेन मैकडरमोटलाई एलपी डब्लू आउट गरे ।

अन्तिम ओभर समेत रहेको उक्त ओभरमा सन्दीपले एक विकेट सहित ४ रन मात्र खर्चिए । तर सन्दीपको टिम मेलबर्न होबार्टसँग ६ विकेटले पराजित भएको छ । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको होबार्टले १८.४ ओभरका ४ विकेटको क्षतिमा पुरा ग¥यो ।
उसका लागि मैथ्यू वेड ५२, डी आर्सी शर्ट ३४ र बेन मैकडरमोटले २८ रन बनाए । त्यस्तै जर्ज बेली २७ रनमा नट आउट रहे । मेलवर्नका लागि सन्दीप बाहेक स्कट बोल्लानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो ।

मेलवर्नका लागि निक लार्किन ४५, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रन जोडे । होबार्ट होबार्ट हरिकेन्सका लागि जोफ्रा आर्चरले ३ र डी आर्सी शर्टले २ विकेट लिए । पहिलो डेब्यू खेलमा सन्दीपले सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेटका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?