नेपाल आइडल २ का विजेता रवी सम्मानित


कैलाली । नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गरेको छ । विमानस्थलबाट सिँधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गरे । मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताए ।

जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिएका थिए । सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताए ।
मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?