गाँजा प्रयोगलाई कानूनी मान्यता


थाइल्याण्ड । थाइल्याण्डको अन्तरिम संसदले औषधिका लागि आवश्यक गाँजा प्रयोगलाई कानूनी मान्यता दिएको छ ।

संसदले औषधिका लागि आवश्यक मात्रामा प्रयोग गर्न सकिने कानून पारित गरेको हो । नशाका लागि भने गाँजा उपयोग गैरकानूनी रहेको छ ।

संसदबाट नयाँ नारकोटिक्स विधेयक पारित भएसँगै थाईल्याण्ड गाँजालाई वैधानिकता दिने दक्षिण पूर्वी एसियामा पहिलो मुलुक बनेको छ ।

औषधिमा प्रयोग गाँजा गर्नका लागि गत वर्ष नै जर्मनी, अष्ट्रेलिया र आईरल्याण्डले मान्यता दिएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?