नेपाल आइडल रवि वडलाई मातृशोक


कठमाडौ। एक साता अघि मात्र दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि वडकी आमाको निधन भएको छ ।

बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो ।
पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

बुधवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा वडको मृत्यु भएको हो । बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा वडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । बिष्णा रविको सौतेनी आमा हुन् । उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?