चोलेन्द्रशमशेर विरुद्ध परेको उजुरीमाथि छलफल हुँदै


काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध परेको उजुरीमाथि बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा छलफल शुरु हुँदैछ ।

जबराविरुद्ध आठ थान उजुरी परेका छन् । समितिको सचिवालय सिंहदरबारमा बस्ने बैठकमा समिति सदस्यहरुबीच छलफल हुन लागेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको छलफलअघि राणाको बारेमा परेका उजुरीहरु गोप्य रहेको उनको भनाइ छ । समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको छलफल पनि बिहीबार नै शुरु हुने छ ।

प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो । संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

यसैबीच प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साताअघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?